ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविका मन्त्री डोलप्रसाद अर्याल संलग्न म्यानपावर बढी पैसा असुल्नेमा पर्छ


ABC NEWS
माघ ६, २०७९ शुक्रबार  ८ : २६ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रममन्त्री बनाइएका आफ्ना नेता डोलप्रसाद अर्याल वैदेशिक रोजगार व्यवसायी नरहेको जिकिर गरेका छन्। ‘त्यस्तो पाए कारबाही गर्ने’ अभिव्यक्तिसमेत दिएका छन्।

तर, बिहीबारसम्म श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिको वेबसाइटमा अर्यालको नाम अन्तर्राष्ट्रिय बजार निर्देशकका रूपमा थियो। म्यानपावर व्यवसायीलाई मन्त्री बनाएको र यसमा स्वार्थ बाझिने कुरा व्यापक भएपछि उक्त साइट दिउँसो बन्द गरियो। त्यहाँ भएका अर्यालका नाम र तस्बिर हटाइयो। पुनः खुलाइयो। यसलाई मन्त्री अर्यालले ‘त्यहाँका साथीहरूले सल्लाहकारका रूपमा राखिदिएको’ प्रस्टीकरण दिएका छन्। तर, त्यही कम्पनीका एक सञ्चालकले अन्नपूर्ण पोस्ट्सँग उनले अन्तर्राष्ट्रिय बजार निर्देशकका हैसियतमा थुप्रै देशमा डिल गर्दै आएको जानकारी दिए।

जापान बसेर फर्किएको, भाषा र सम्पर्कसमेत भएको कारण उनले मुख्यतः जापानको रोजगारी ‘ह्यान्डिल’ गरेका थिए। ती सञ्चालकका अनुसार अर्यालले जापानबाट ‘जिट्को’ मार्फत श्रमिक विदेश लैजान एजेन्टसँग सम्पर्क र समन्वय गर्थे। तर, सृष्टिबाट कामदार लिने जापानको कम्पनीले बढी शुल्क उठाएको भन्दै जापान सरकारले कामदार लैजान प्रतिबन्ध लगाएपछि सृष्टिले जिट्कोअन्तर्गत कामदार पठाउन बन्द भएको थियो।

अर्यालले ‘डिल’ गरेर कामदार पठाउने सृष्टि म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरीसमेत परेको पाइएको छ। विभागका अधिकारीका अनुसार, पीडित सम्पर्कमा नआएकाले यसलाई तामेलीमै राखिएको छ। पीडित प्रमाणसहित आएमा अनुसन्धान अघि बढ्ने विभागका एक पूर्व महानिर्देशक बताउँछन्। ‘तामेली च्याप्टर क्लोज होइन। उजुरीकर्ता प्रणाणसहित जहिल्यै आएमा प्रक्रिया अघि बढ्छ’, ती पूर्वमहानिर्देशकले बताए। विभागका अनुसार पछिल्लो समयमा कम्पनीको सञ्चालक लक्ष्मण कोइराला र लेखनाथ भण्डारी छन्।

वैदेशिक रोजगार, रेमिट्यान्स कम्पनी तथा कल्सन्टेन्सीमा संलग्न भएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हालेसँगै विवादमा तानिएका हुन्।

दर्जनौं कम्पनीका सञ्चालक भएको श्रममन्त्री आर्याल आफैंले समेत फेसबुकमार्फत सार्वजनिक गरेका छन्। तर, म्यानपावर कम्पनीमा भने लगानी नभएको उनको दाबी छ। मन्त्री अर्यालले विभिन्न कम्पनीको कन्सल्टेन्ट भएर काम गर्ने गरेको वैदेशिक रोजगार व्यवसायी बताउँछन्।

साथीहरूको संलग्नतामा धेरै क्षेत्रमा हात हालेको मन्त्री अर्यालले बताएका छन्। ‘देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरैथोरै संलग्नता भएकाले मेरो स्वार्थ नबाझिने त कुनै क्षेत्र नै छैन’, मन्त्री अर्याल भन्छन्, ‘एक्लै कुनै व्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझै पनि छैन।’

अर्यालले कृषि, ट्राभल, सहकारी, उद्योग, रेमिट्यान्स, एजुकेसन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस कम्पनी, होटल व्यवसाय, ट्रेकिङ कम्पनी, क्याटरिङ कम्पनीमा लगानी भएको बताएका छन्। ‘म्यानपावर कम्पनीमा म कहिले पनि छैन। साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौं है भनेर ‘इन्टरनेसनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए तर हटाइदिन भुले,’ अर्याल भन्छन्, ‘तर त्यो वा कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर न स्यालरी।’(-अन्नपूर्ण पोष्टबाट)

–

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com