ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकार निर्माण अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश


एबीसी न्यूज

काठमाडौं, २९ पुस ।  अन्नपूर्ण संरक्षण क्षेत्रमा कुनै पनि प्रकारका संरचना निर्माण नगर्न र नगराउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ। अन्नपूर्ण संरक्षण आयोजनाभित्र सरकारले निजी कम्पनीलाई केबलकार निर्माण गर्न स्वीकृति दिएपछि त्यसविरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार उक्त आदेश दिएको हो।

कास्कीको मादी गाउँपालिकाकास्थित सिक्लेसमा केबलकार निर्माण गर्न सरकारले सिक्लेस अन्नपूर्ण केबलकार कम्पनीलाई स्वीकृति दिएपछि त्यसविरुद्ध वातावरण कानून समाज नेपालको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, गण्डकी प्रदेश सरकार समेतलाई विपक्षी बनाइएको छ।

सर्वोच्चको अन्तरिम आदेशपछि त्यहाँ केबलकार निर्माणसम्बन्धी कुनै पनि काम गर्न पाइने छैन। सर्वोच्चले आगामी माघ ९ गते पूर्ण छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

केबलकार सञ्चालनका लागि अनुमति दिइएको ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र पर्ने र उक्त स्थानमा केबलकार सञ्चालन गर्दा त्यहाँको वातावरणीय तथा प्राकृतिक अवस्थामा गम्भीर असर पुग्ने रिटमा जिकिर गरिएको छ। निवेदकले केबलकार सञ्चालन गर्ने प्रक्रिया बदर गर्न र तत्कालका लागि कुनै पनि प्रक्रिया अघि नबढाउनका लागि अन्तरिम आदेशको माग पनि गरेका थिए।

व्यापारिक घरना ईएमआई समूहका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको लगानी रहेको सिक्लेस अन्नपूर्ण केबलकार कम्पनीलाई मादी गाउँपालिकामा रहेको सिक्लेसमा केबलकार सञ्चालनका लागि अनुमति दिने सरकारले निर्णय गरेको थियो। उक्त निर्णय राष्ट्रिय निकुञ्ज ऐन २०२९ र संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण र सञ्चालनसम्बन्धी कार्यनीति, २०६५ विरुद्ध रहेको रिट निवेदनमा उल्लेख छ।

रिट निवेदनमा उक्त स्थानमा केबलकार सञ्चालन गर्न दिने सरकारको निर्णय नेपालको संविधानको धारा ३०, ४६ र १३३, वातावरण संरक्षण ऐन २०७६, ऐनको नियमावली २०७७, राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, संरक्षण तथा व्यवस्थापन नियमावली २०५३, संरक्षण क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवम सञ्चालनसम्बन्धी कार्यनीति २०६५ तथा सर्वोच्च अदालतको स्थापित सिद्धान्तको विपरीत भएको पनि उल्लेख छ।

मुख्यसचिव शंकरदास वैरागी र वन तथा वातावरण मन्त्रालयका अवकास प्राप्त सचिव पेम कँडेलको योजनामा हतारमा गत मंसिरमा सिक्लेस अन्नपूर्ण केबलकार आयोजनाको विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गरिएको थियो। अवकास हुने दिनमै सचिव कँडेलले ईआईएको प्रक्रियालाई अघि बढाएका थिए। पदमार्गलाई मासेर केबलकार निर्माण हुँदा त्यहाँको पर्यावरणका साथै ग्रामीण पर्यटनसमेत प्रभावित हुने मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ बताउँछन्।

मादी गाउँपालिका–१ को सिक्लेस गाउँस्थित प्वरयुममा तल्लो स्टेसन, वडा नम्बर २ को धर्मशालानजिक बीचको स्टेसन र वडा नम्बर २ कै डाँडामा माथिल्लो स्टेसन रहने गरी ६.४१६ किलोमिटर लामो केबलकार निर्माण गर्ने योजना अघि बढाइएको छ। केबलकार निर्माणको प्रक्रिया अघि बढाउन कम्पनीका तर्फबाट चन्द्र ढकालले नै मन्त्रालयमा लबिइङ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com