काठमाडौं, २८ पुस । नयाँ संविधान जारी भएपछिको दोस्रो आम चुनावबाट तेस्रो दलमै सिमित रहनुपरेपनि माओवादी अध्यक्ष प्रचण्डलाई मुलुकको बागडोर सम्हाल्ने अवसर आएको छ । प्रधानमन्त्रीको रुपमा प्रचण्डको यो तेस्रो कार्यकाल हो । यद्यपी, उनको यो कार्यकाल जति अवसर हो, त्यो भन्दा बढि चुनौती हो । कोभिड १९ को विश्वब्यापी महामारी पछिको आर्थिक मन्दीबाट नेपाल पनि अछुतो छैन । मुलुकमा तरलताको अवस्था पहिलेको भन्दा बढि छ । लक्षीत राजस्वको आधा रकमपनि असुली भएको छैन । बैदेशिक मुद्रा संचिति केहि महिनाको आयात थेग्न पनि सक्षम छैन । स्वदेशी उद्योग धन्दा चौपट छन् । आम मानिसको निराशा उत्कर्षमा छ । यो सवै विषमतालाई चिर्न सके प्रचण्डको यो कार्यकाल मुलुक र लोकतन्त्रकै लागि स्वर्णिम रहनेछ । यथार्थमा यो कार्यकालमा प्रचण्डलाई कत्ति पनि असफल हुने छुट छैन ।
किनभने प्रचण्डको सफलता र असफलतामा मुलुकको बिकास, समृद्धि र लोकतनत्रको भविष्य नै सफल वा असफल सावित हुनेछ । दर्शकवृन्द्ध , २०६४ को निर्वाचन पछि प्रधानमन्त्रीको रुपमा प्रचण्डको पहिलो कार्यकाल स्पष्ट बहुमत सहित ठुलो दलको नेताको रुपमा शुरु भएको थियो । तर, दश बर्षे जनयुद्ध राप, तापको अवस्था र संसदिय राजनीतिको माखेसाँङलो प्रतिको कम बुझाईका कारण उनको कार्यकाल ९ महिनामै सीमित भयो । त्यस कार्यकालमा केहि काम शुरुवात गरिएपनि दीर्घकालीन महतवका विस्तृत परियोजना लागु गरेर माओवादी पार्टी प्रतिको जनविश्वास दिगो बनाउन सरकार विफल भएकै हो । यसको परिणाम स्वरुप पहिलो दलबाट माओवादी तेस्रो दलमा खुम्चन पुग्यो । यद्यपी यस बीचमा अध्यक्ष प्रचण्डसग एउटा हुटहुटी भने जिवित रहेको देखिन्छ । पा“च बर्ष सरकार चलाउने र आमजनताले अनुभुत गर्ने गरि सुशासन र विकासको काम गर्ने । अहिले संसदमा प्रचण्डले पाएको प्रचण्ड बहुमतले उनलाई त्यो अवसर त दिलाउन सक्ने संकेत त दिएको छ । तर, सत्ता गठबन्धन भित्रका बिचार र कार्यशैली बिभिन्नताका १० थरि दल समायोजन गरेर कति समय अघि बढ्न सम्भव होला ? प्रचण्ड नेतृत्वको सरकारप्रति भू—राजनीतिक सदाशयता कतिन्जेल कायम रहला ? यस्ता सबैखाले बिषमताको सामना गर्न प्रधानमन्त्री प्रचण्डको समनवय र सन्तुलनकारी भूमिका कस्तो होला भन्ने कुराले उनको सफलता र असफलता निक्र्यौल गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत माग्दै २६ पुस दिउँसो संसदको रोष्टममा उभिएर भने, ‘म यसपटक ठूलो आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित यो रोस्टममा उभिएको छु । म यसअघि नौ–नौ महिना दुईपटक प्रधानमन्त्री भएँ । आज यो स्वीकार गर्न मलाई कुनै संकोच छैन, पहिलोपटक प्रधानमन्त्री हुँदा मसँग न अनुभव थियो, न टिम ।
विभाजित मनोदशामा थिएँ र पार्टीभित्रैको संघर्षमा बढी रुमल्लिएँ । सिक्दासिक्दै, भित्र र बाहिरका घेराबन्दीसँग जुध्दाजुध्दै एउटा अप्रिय अवस्थामा मैले प्रधानमन्त्रीबाट राजीनामा दिएँ । विद्रोहको रापतापको जगमा बलियो शक्ति बनेर सिंहदरबार छिरेका प्रचण्डको त्यतिबेलाका कार्यकाल सफल नभएपछि उनी निरन्तर कमजोर बन्दै गए । २०६५ यताका १६ वर्षे ओराली यात्राको क्रममा तेस्रो पटक कम्तिमा साढे दुई वर्षका लागि प्रधानमन्त्रीको कुर्सी आइलागेको छ प्रचण्डलाई । निकै प्रयास बाबजुद आइलागेको यो समयचाहिँ प्रचण्डका लागि सबैभन्दा पेचिलो बन्ने देखिएको छ । खासमा माओवादीको १० वर्षे सशस्त्र विद्रोहले के चाहेको थियो ? कस्तो आर्थिक नीति चाहेको हो ? कस्तो विदेश मामिला नीति खोजेको थियो ? कस्तो सांस्कृतिक नीति बनाउन चाहन्थ्यो ? अर्थात, प्रचण्ड नेतृत्वको माओवादीले बनाउन चाहेको समाज र अर्थतन्त्रको खास चित्र बताउनुपर्ने समय आएको छ । उनको नेतृत्वको विद्रोहले एक हदसम्म राजनीतिक परिवर्तन गराएको छ । माओवादीले विद्रोहकालमा भूमिहीन, किसान, मजदुर, श्रमजीवीको मुद्दा उठाएको थियो । काठमाडौं खाल्डोमा उत्रिएसँगै विद्रोहकालीन ती एजेण्डा पनि उनीहरूको चरित्रबाट उत्रिए । भूइँमान्छेको मुद्दा छोड्दैमा काठमाडौंको सुकिलामुकिला समुदायले माओवादीलाई पत्याउने अवस्था थिएन, उच्चवर्ग त्यसै पनि माओवादीप्रति रुष्ट थियो । त्यहीकारण समाउने हाँगो र टेक्ने भूई गुमाउँदै गएको माओवादीले अस्तित्वका लागि पनि प्रचण्डले कित्ता प्रष्ट गर्नुपर्नेछ, माओवादी भूइँमान्छेका लागि कस्तो समाज बनाउन खोज्दैछ ।
यो अर्थतन्त्र र समाजको चित्र र स्वरुप प्रधानमन्त्री प्रचण्डले नै कोर्नुपर्ने बाध्यता रहेको छ मसिर ४ मा सम्पन्न निर्वाचनपछि तेस्रो हैसियतमा खुम्चिएको माओवादीले प्रधानमन्त्रीको दाबी भने पहिले कांग्रेससँगैको गठबन्धनमा समेत गरिरहेको थियो । अन्तिम अवस्थामा गठबन्धन तोडेर एमालेको साथले प्रधानमन्त्री बनेका प्रचण्ड सरकार बनाउने सुरुवातीसमयदेखि नै शर्तको चंगुलमा परेका छन् । उनी प्रधानमन्त्री बन्न आलोपालोको शर्त अंगीकार गरेका छन् । आधा–आधा कार्यकाल एमाले अध्यक्ष केपी ओलीसँग सहमति गरी प्रधानमन्त्री बनेका प्रचण्ड सुरुदेखि विश्वासको मत प्राप्त नगरुञ्जेल शर्त नै शर्तको चंगुलमा परेका हुन् । शपथ ग्रहण समारोहमा दौरा सुरुवालमा देखिएका प्रचण्ड उनले लगाउने पोशाक समेत गठबन्धनकै दलको शर्तबमोजिम रहेको बताइन्छ । उनले पौष २७ गते वुधवार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने घोषणा उनी प्रधानमन्त्री बन्ने वातावरण तय गर्न तेर्साइएको अर्को शर्त थियो । सत्ता साझेदार दलका अनेर्कौ शर्त उनीमाथि तेर्सिएका छन् । कसैको हिन्दु धर्म र राजसंस्था पक्षधर राजनीतिक दलका आफ्नै शर्त छन् ।
सत्ता साझेदार दलकै एक घटक नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाका बन्दी रेशम चौधरी लगायतको रिहाइ गर्नुपर्ने अर्को शर्त उनका सामु राखेका छन् । सत्ता साझेदारीमा सहमत रहेका दलका यस्ता अनेकौं शर्तको परिबन्धमा प्रधानमन्त्री प्रचण्डको आगामी यात्रा तय हुने देखिन्छ । भर्खरै गठबन्धन टुटेपछि सत्ता सहकार्यबाट टाढिएको कांग्रेसले अन्तिम अवस्थामा ८५ सांसदसहित प्रचण्डलाई विश्वासकोमत दिएको छ । उसले समेत प्रधानमन्त्री प्रचण्डलाई नयाँ शर्त राखेको आँकलन गरिएको छ।यसरी प्रचण्डको तेस्रो कार्यकाल अनेकौं शर्तले भरिएको राजनीतिक यात्राको रुपमा उनको प्रधानमन्त्री पदलाई लिइएको छ । बिभिन्न पृष्ठभूमिका घटकहरुलाई सहमत बनाउँदै प्रधाननमन्त्रीको अढाई वर्षे कार्यकाल पार गर्नु प्रचण्डलाई चुनौतीपूर्ण रहेको राजनीतिक वृत्तमा चर्चा छ ।
आगामी दिनमा हुने राष्ट्रपति, उपराष्ट्रपति लगायतका राजकीय र संवैधानिक आयोगका पद बाँडफाँटमा यसको थप उजागर हुने छ । दर्शकवृन्द्ध, प्रधानमन्त्री प्रचण्डले संसदमा ९९ दशमलव २५ प्रतिशत झण्डै सतप्रतिशत संसदको समर्थन पाएको घटना नेपालको संसदिय इतिहासमै नौलो हो । झट्टहेर्दा प्रधामन्त्री प्रचण्डको सरकार प्रतिपक्षि बिहिन छ । तर, यथार्थ अलि फरक छ । नेपाली राजनीतिक बृतमा यसलाई एमालेरुपी टेक्ने हागो कमजोर भए प्रचण्डका लागि समाउने हा“गो अर्थात नेपाली का“ग्रेस खडा भएको रुपमा अथ्र्याइयो । तर, यहि टेक्ने हागो र समाउने हागोबाटै सरकारका चुनौतीका चाङ शुरु हुन्छन् । मन्त्रीमण्डलको पूर्णतासगै यी चुनौती निसन्देह बढ्नेछन् । यसको अर्थ प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो कार्यकालको अधिका“स समय गठबन्धनका १० थरी दल र तिनका स्वार्थ मिलाउनमै केन्द्रित हुनसक्छ । मुलुकको अहिलेको अवस्थामा संसदमा विश्वासको मत माग्दा प्रचण्डले गरेका प्रतिवद्धता पुरा गर्नुपर्ने खा“चो छ । यो खा“चोलाई सवै दलले आत्मसात गर्न सके सरकार सफलताको कसिमा उत्रन सक्नेछ । सरकारको सफलताको लागि हाम्रो शुभकामना ।








प्रतिक्रिया दिनुहोस्