काठमाडौं, २५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती छन् भन्ने स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले प्रचण्डलाई बधाई दिँदै चुनौती छन् भन्ने स्मरण गर्न पनि आग्रह गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत पाउनेमा आफू ढुक्क भएको भन्दै ओलीले भने, ‘आज पनि उहाँलाई बधाई भन्न चाहन्छु । तर चुनौती छन् भन्ने कुरा पनि स्मरण गराउन पनि चाहन्छु ।’पूर्वप्रधानमन्त्री ओलीले अहिले राष्ट्रियतासम्बन्धी र आर्थिक समस्या बढी रहेको बताए । अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै ओलीले सबै समस्याको सकारात्मक ढंगले समाधान खोज्नुपर्ने बताए । ‘मुलुकलाई पछाडि सर्नबाट रोकेर अगाडि बढाउनुपर्नेछ’ उनले भने ।सरकारको न्यूनतम साझा कार्यक्रम अविलम्ब आउने भन्दै ओलीले त्यसै अनुसार सरकारले काम गर्ने बताए ।








प्रतिक्रिया दिनुहोस्