ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिलको राष्ट्रपति भवन र संसदमा पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थक छिरे, तोडफोड पनि गरे


एबीसी न्यूज
पुस २५, २०७९ सोमबार  ८ : ४७ बजे

काठमाडैं, २५ पुस । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थामा तोडफोड समेत गरेका छन् ।

ब्राजिल फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारीले हातमा झण्डा लिएर संसद् भित्र प्रवेश गरेका र उनीहरुले सभामुखको कुर्सीमा चढेर प्रदर्शन गरेका बीबीसीले जनाएको छ । कतिपय संसद्को छतमा चढेका छन् । यस्तै, कतिपयले तोडफोड गरेका छन्, संसद्को झ्याल फुटाइएको छ ।

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले घटनाको भर्त्सना गर्नु भएको छ । गएको अक्टोबरमा भएको राष्ट्रपतीय चुनावमा बोल्सोनारोलाई लुला डा सिल्भाले पराजित गर्नु भएको थियो । त्यसपछि बोल्सोनारोका समर्थकले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् ।

यसैबीच घटनाको अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि भर्त्सना गर्नु भएको छ । यसअघि अमेरिकामा सन् २०२१ को जनवरी ६ तारिखमा यस्तै घटना भएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी क्यापिटलमा प्रवेश गरेर हिंसा मच्चाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com