ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम एकता लागि माओवादीले पाँच सदस्यीय वार्ता टोली गठन गर्यो


ABC NEWS
पुस २३, २०७९ शनिबार  ८ : १३ बजे

 

काठमाडौँ २३पुस । सत्तारुढ नेकपा माओवादी केन्द्र ले बृहत् वाम एकताको पहलका गर्ने भन्दै वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

वार्ता टोलीमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन् ।

पार्टी एकताकै विषयमा प्रचण्डसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबारमात्रै छलफल गरेका थिए । केही दिन पहिले दल नेकपा एकीकृत समाजवादीले पनि वाम एकताको पहलका लागि सचिवालयलाई जिम्मा दिइसकेको छ । चुनावअघि नै एकीकृत समाजवादी र माओवादीले एकता संयोजन समिति बनाएका थिए ।

माओवादी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभामा रहेका सम्पूर्ण दल तथा स्वतन्त्र सांसदहरुलाई अपिल गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले २६ मंगलबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रचण्डको सरकारलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत ७ वटा दल र ३ स्वतन्त्र सांसदको समर्थनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com