ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा वर्षेनी मृगौला पीडित तीन हजारभन्दा बढी तर चिकित्सकको संख्या ६४ मात्रै (भिडियोसहित)


ABC NEWS
पुस २०, २०७९ बुधबार  १० : ०२ बजे

काठमाडौं, २० पुस ।

नेपालमा कुनै न कुनै मृगौला समस्या रहेकाको संख्या करिब ३० लाखको हाराहारीमा छ । वार्षिक करिब तीन हजार मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था पुग्ने गरेको तथ्यांक रहेको छ । तर, प्रत्यारोपणका सेवा दिइरहेका सरकारी र निजी अस्पतालहरुमा आवश्यक उपकरण र जनशक्ति भएपनि प्रत्यारोपण भने निकै कम हुने गर्दछ । पछिल्ला १४ वर्षमा जम्मा दुई हजारको हाराहारीले मात्रै मृगौला प्रत्यारोपण गर्न सकेका छन् ।

नेपालमा वर्षेनी मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा कुल जनसंख्याको दश प्रतिशत अर्थात् करिब तीन हजार बिरामी पुग्ने गरेका छन् । तर, पछिल्लो १४ वर्षमा मृगौला प्रत्यारोपण गर्नेको संख्या अत्यन्तै न्यून अर्थात् दुई हजार एक सय २१ जनाको मात्रै मृगौला प्रत्यारोपण हुन सकेको छ । आवश्यक उपकरण र जनशक्ति रहेका अस्पतालले पनि उपचार दिन नसक्दा मृगौला प्रत्यारोपण गर्नेको संख्यामा कमी भएको हो । काठमाडौं उपत्यकामा सात र बाहिर तीन गरी देशभर जम्मा दश अस्पतालमा मृगौला प्रत्यारोपणको सेवा उपलब्ध छ । मृगौला बिग्रनेमध्ये ३० हजारको एउटा मृगौला बिग्रेपनि अर्कोले काम गर्नसक्ने अवस्था रहने तथ्यांक छ । तर, ६४ जना चिकित्सकले मात्रै मृगौला प्रत्यारोपणको लाइसेन्स पाएका छन् । जसमध्ये १८ चिकित्सकले भने कलेजो प्रत्यारोपणको समेत लाइसेन्स प्राप्त गरेका छन् । आवश्यक जनशक्ति र उपकरण रहेका ठूला अस्पतालदेखि अन्य अस्पतालले यो सेवा दिन सकेका छैनन् । बिरामीको चाप अनुसार जनशक्ति र उपकरण अभाव छ ।

देशमा वि.सं. २०६५ देखि मृगौला प्रत्यारोपण सुरु भएको हो । तर, यो आममानिसको पहुँचमा अझै पुग्न सकेको छैन । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, काठमाडौंको त्रिवि शिक्षण अस्पताल, वीर, ग्रान्डी तथा ललितपुरको किस्ट, सुमेरु र निदानले यो सेजा दिदै आएको छ । काठमाडौं बाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अफ मेडिकल साइन्स चितवन र विराटनगरको नोबेल मेडिकल कलेजले मृगौला प्रत्यारोपण गर्दै आएका छन् । काठमाडौं मेडिकल कलेज र नर्भिक अस्पताल, ललितपुरको मेडिसिटी, चितवन मेडिकल कलेज, सुर्खेतको कर्णाली प्रदेश अस्पतालले यो सेवा सुरु गरेको छैन । निजी र सरकारी गरी १५ अस्पतालले यसको लाइसेन्स पाएपनि दश अस्पतालले मात्रै यो सेवा दिदै आएको छ । वीरमा १७ डायलाइसिस मेसिन र तीन आइसियूमा प्रत्येक हप्ता झण्डै तीन सयले डायलाइसिस गर्दै आएका छन् । मृगौला प्रत्यारोपण गर्न थालेको १४ वर्षमा एक सय ८० को प्रत्यारोपण भएको वीर अस्पतालमा बेग्लै अपरेसन थिएटर छैन । वीर लगायत विभिन्न अस्पतालहरुमा प्रत्यारोपणका बिरामीहरु हप्ता, महिना वा वर्षको पालो कुर्नुपर्ने अवस्था छ ।

नेपालमा मृगौला प्रत्यारोपणको सफलतादर भने ९६ प्रतिशतभन्दा बढी छ । तर, उपकरण र जनशक्ति अभावमा डायलाइसिस समेत नपाउदा बिरामीको ज्यान जाने गरेको छ । देशमा उपचार नपाउदा बिरामीहरु भारत जाने गरेका छन् । अंग प्रत्यारोपण ऐन, २०७२ अनुसार परिवारका सदस्य वा नजिकका नातेदारले मृगौला दिन सक्ने व्यवस्था छ । मृगौला बिक्रि हुने जोखिमले ऐनमा कडाइ गरिएको छ । जसले गर्दा आफन्तसँग मृगौला म्याच नहुदा प्रत्यारोपण सेवाबाट वञ्चित भएका बिरामी पनि छन् । मृगौला पीडितको बढ्दै गएको चापलाई ध्यान राख्दै उपकरण र जनशक्ति रहेका अस्पताल एवम् लाइसेन्स प्राप्त अस्पतालहरुले क्षमतावृद्धि एवम् सेवा सुचारुमा तदारुकता देखाउन अत्यन्त जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com