ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीको भागको मन्त्रालयको टुङ्गो कहिले ? (भिडियोसहित)


ABC NEWS
पुस १७, २०७९ आईतबार  १० : ५९ बजे

काठमाडौं, १७ पुस ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पहिलो चरणमा गठन भएको आठ सदस्यीय मन्त्रिमण्डलमा चार जना नयाँ मन्त्रीको कार्यभार तोकिएको छैन । नेकपा एमालेका तर्फबाट नेताहरु ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र जनमत पार्टीका तर्फबाट अब्दुल खान नयाँ मन्त्रीको शपथ ग्रहण गरिसकेका छन् । जनमतका खानलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिइने भनेपनि यसको आधिकारिक कुरा टुंगोमा पुगेको छैन ।

जिम्मेवारी सम्हालेको एवम् पद तथा गोपनियताको शपथ ग्रहणकै दिन मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्यो । सरकारका नयाँ मन्त्रीहरु बधाई ज्ञापन एवम् सम्मान आदनप्रदानमै दिन कटाउन बाध्य छन् । यद्दपि, तीन उपप्रधानमन्त्रीहरु एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, माओवादी केन्द्रका तर्फबाट उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपप्रधान तथा गृह मन्त्रालयको कार्यभार सम्हाल्दै आएका छन् । उनीहरुसँगै नियुक्त अरु चार मन्त्रीहरु भने जिम्मेवारबिहिन बनेका हुन् । गएको निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता पुरा गर्ने कुरा उनीहरुले निर्वाचित भएपछि भने बताउने गरेका छन् ।

निर्वाचनमा जनताले पुराना र अनुभवी पार्टीलाई मात्रै नभई नयाँ जोस, जाँगर भएका स्वतन्त्र र नयाँ पार्टीलाई पनि संसदमा पठाएका छन् । संयोगले समानुपातिकमा लोकप्रिय मतमा सबैभन्दा पहिलो दल बनेको एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री प्रचण्ड सरकार बन्यो । जनमत पार्टीबाट सरकारमा पठाइएका खान ३६ वर्षका छन् । यसैगरी, एमालेबाट पठाइएका तीन मन्त्री विगतमा भन्दा नयाँ नै छन् । यसकारण पनि, बढि चुनौतीको सामना नयाँ मन्त्रीहरुलाई छ ।

जिम्मेवारी नतोकिएका मन्त्रीहरु स्वयम् आफैं पनि अप्ठ्यारो महसुस गरिरहेका छन् । थानका थान शुभकामना आइरहे पनि निश्चित मन्त्री क्वाटरको टुंगो लागेको छैन । भेटघाटमा नै धेरै समय बित्ने भएपछि सायद, मन्त्रालय सम्हालेर तत्काल प्रारम्भ गर्नुपर्ने अति महत्वपूर्ण कार्यहरु के के हुन सक्छन् ? भन्ने सम्भावित परिदृश्यबारे प्रभावकारी योजना त उनीहरुसँग होला नै । तर, विगतमा देखिदैै आए अनुसार वर्षौ मन्त्रालय सम्हालेका नेतृत्वबाट अपेक्षाकृत परिणाम आएको तथ्यांक छैन । काम सुरु गरिहालौं न त भन्ने जाँगर चलाएपनि यसको विधिवित संरचना छैन ।

मन्त्रालय टुंगो नलागेका मन्त्रीहरु नैतिक औपचारिकता वा दिन कटाउन मन्त्रीक्वार्टर, पार्टी कार्यालय एवम् सिंहदरबारमा जाने गरेका छन् । जिम्मेवारी छिटो छिनोफानो होस् भनेर पार्टी नेतृत्व र सम्बन्धित नेता, कार्यकर्तासँग छलफल गर्ने गरेका छन् । त्यसो त, प्रधानमन्त्री प्रचण्डसहित सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच सत्ता बाँडफाँटमा बालुवाटार छलफल हुदै आएको छ । अकस्मात् विषम परिस्थितीमा बनेको नयाँ सरकारमा नियुक्त नयाँ मन्त्रीहरुले समय खेर नफाली यतिबेला बलियो पूर्वतयारीमा लाग्नुपर्दछ । पदभार ग्रहण लगत्तै गर्नुपर्ने कामहरु महत्व र संवेदनशीलताका आधारमा सम्बन्धित तहमा आफूले दिनुपर्ने निर्देशन र गरिहाल्नुपर्ने कामको तालिका एक, दुई, तीन गरेर तयार अवस्थामा राखे सम्बन्धित मन्त्रालयको कामकारबाही चुस्तदुरुस्त अघि बढाउन सहजै होला ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com