ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीको भागको मन्त्रालयको टुङ्गो कहिले ? (भिडियोसहित)


ABC NEWS

काठमाडौं, १७ पुस ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पहिलो चरणमा गठन भएको आठ सदस्यीय मन्त्रिमण्डलमा चार जना नयाँ मन्त्रीको कार्यभार तोकिएको छैन । नेकपा एमालेका तर्फबाट नेताहरु ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र जनमत पार्टीका तर्फबाट अब्दुल खान नयाँ मन्त्रीको शपथ ग्रहण गरिसकेका छन् । जनमतका खानलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिइने भनेपनि यसको आधिकारिक कुरा टुंगोमा पुगेको छैन ।

जिम्मेवारी सम्हालेको एवम् पद तथा गोपनियताको शपथ ग्रहणकै दिन मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्यो । सरकारका नयाँ मन्त्रीहरु बधाई ज्ञापन एवम् सम्मान आदनप्रदानमै दिन कटाउन बाध्य छन् । यद्दपि, तीन उपप्रधानमन्त्रीहरु एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, माओवादी केन्द्रका तर्फबाट उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपप्रधान तथा गृह मन्त्रालयको कार्यभार सम्हाल्दै आएका छन् । उनीहरुसँगै नियुक्त अरु चार मन्त्रीहरु भने जिम्मेवारबिहिन बनेका हुन् । गएको निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता पुरा गर्ने कुरा उनीहरुले निर्वाचित भएपछि भने बताउने गरेका छन् ।

निर्वाचनमा जनताले पुराना र अनुभवी पार्टीलाई मात्रै नभई नयाँ जोस, जाँगर भएका स्वतन्त्र र नयाँ पार्टीलाई पनि संसदमा पठाएका छन् । संयोगले समानुपातिकमा लोकप्रिय मतमा सबैभन्दा पहिलो दल बनेको एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री प्रचण्ड सरकार बन्यो । जनमत पार्टीबाट सरकारमा पठाइएका खान ३६ वर्षका छन् । यसैगरी, एमालेबाट पठाइएका तीन मन्त्री विगतमा भन्दा नयाँ नै छन् । यसकारण पनि, बढि चुनौतीको सामना नयाँ मन्त्रीहरुलाई छ ।

जिम्मेवारी नतोकिएका मन्त्रीहरु स्वयम् आफैं पनि अप्ठ्यारो महसुस गरिरहेका छन् । थानका थान शुभकामना आइरहे पनि निश्चित मन्त्री क्वाटरको टुंगो लागेको छैन । भेटघाटमा नै धेरै समय बित्ने भएपछि सायद, मन्त्रालय सम्हालेर तत्काल प्रारम्भ गर्नुपर्ने अति महत्वपूर्ण कार्यहरु के के हुन सक्छन् ? भन्ने सम्भावित परिदृश्यबारे प्रभावकारी योजना त उनीहरुसँग होला नै । तर, विगतमा देखिदैै आए अनुसार वर्षौ मन्त्रालय सम्हालेका नेतृत्वबाट अपेक्षाकृत परिणाम आएको तथ्यांक छैन । काम सुरु गरिहालौं न त भन्ने जाँगर चलाएपनि यसको विधिवित संरचना छैन ।

मन्त्रालय टुंगो नलागेका मन्त्रीहरु नैतिक औपचारिकता वा दिन कटाउन मन्त्रीक्वार्टर, पार्टी कार्यालय एवम् सिंहदरबारमा जाने गरेका छन् । जिम्मेवारी छिटो छिनोफानो होस् भनेर पार्टी नेतृत्व र सम्बन्धित नेता, कार्यकर्तासँग छलफल गर्ने गरेका छन् । त्यसो त, प्रधानमन्त्री प्रचण्डसहित सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच सत्ता बाँडफाँटमा बालुवाटार छलफल हुदै आएको छ । अकस्मात् विषम परिस्थितीमा बनेको नयाँ सरकारमा नियुक्त नयाँ मन्त्रीहरुले समय खेर नफाली यतिबेला बलियो पूर्वतयारीमा लाग्नुपर्दछ । पदभार ग्रहण लगत्तै गर्नुपर्ने कामहरु महत्व र संवेदनशीलताका आधारमा सम्बन्धित तहमा आफूले दिनुपर्ने निर्देशन र गरिहाल्नुपर्ने कामको तालिका एक, दुई, तीन गरेर तयार अवस्थामा राखे सम्बन्धित मन्त्रालयको कामकारबाही चुस्तदुरुस्त अघि बढाउन सहजै होला ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com