ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऋण असुविधाका कारण भन्सारमा नयाँ गाडी थन्किए, सो–रुमका पनि बिक्री भएनन्


ABC NEWS
पुस १५, २०७९ शुक्रबार  ११ : ४१ बजे

काठमाडौं, १५ पुस । नेपालमा खपत हुनेमध्ये सामान्यतया, वीरगन्जबाट ६० प्रतिशत, भैरहवाबाट ३० र अन्य नाकाबाट १० प्रतिशत सवारी भित्रने गर्दछ । अहिले भैरहवा नाकामा मात्रै पिकअप गाडी, जिप, स्कुल बस, कार र भ्यानसहित एक हजार ७७ थान साधन थन्किएका छन् । यसमध्ये पिकअप गाडी अरुभन्दा धेरै रहेको भन्सार कार्यालयले जनाएको छ ।

देशका विभिन्न भन्सार नाकामा झण्डै दुई हजार नौ सयभन्दा बढि सवारी साधन अड्केर बसेका छन् । व्यवसायीले सोरुममा भएका सवारी साधन बिक्रि भएपछि मात्र भन्सारमा रोकिएका सवारी छुटाउने गर्छन् भने बैंकहरुले ऋण नदिदा यस्तो अवस्था आएको व्यवसायीहरु बताउँछन् । भन्सार कार्यालयमा नयाँ–नयाँ गाडी देखिन्छन् तर, जाँचपासका लागि व्यवसायीमा चासो देखिएको छैन ।

वीरगन्ज भन्सार कार्यालयमा गाडीका च्यासिससहित एक हजार आठ सय सवारी साधन जाँचपास हुन बाँकी छ । जसमध्ये सवारी साधन गत आर्थिक वर्षमै भन्सार ल्याइएका छन् । भन्सार परिसरको कार्यालय भरिएर व्यवस्थापनमा सकस पर्न थालेको छ । यसैगरी, चीनबाट ल्याइएका सिन्धुपाल्चोकको तातोपानी भन्सारमा २० वटा र रसुवा भन्सारमा ७० वटा सवारी जााचपास हुन बाँकी छ । तातोपानी नाकामा गएको तीन महिनामा कुनै पनि नयाँ गाडी नआएको तर यसअघिका ७० वटा सवारी नाकामा रहेको जनाइएको छ ।

यस सम्बन्धमा भन्सार विभागले सम्बन्धित व्यवसायी र नाडालाई पत्राचार गरेको छ । तर, सहजीकरण र व्यवस्थापनका लागि छलफलका लागि पुसको पहिलो साता नाडालाई पत्राचार गरेको थयो । तर, सम्बन्धित संस्था नाडाले यसमा चासो देखाएको देखिँदैन । यता नाडाले भने व्यवसायिक प्रयोजनका लागि ल्याइएको सवारी मात्रै रोकिएको बताएको छ । बढी सिट क्षमताका जीप, बस, ट्रक जाँचपास हुन नसकेको नाडाले जनाएको हो । बैंक तथा वित्तिय संस्थाबाट फाइनान्सिङ नहुदा पहिला अर्डर भएका गाडीहरु आइरहेको छ । रोकिएका सवारी छुटाउन गाडीकोभन्दा दोब्बर मूल्य भन्सारमा बुझाउनुपर्छ । बैंकहरुले ऋण नदिदा यस्ता सवारी छुटाउने पैसा व्यवसायीलाई नभएको हो ।

पहिलादेखि अर्डर गरिएका, एलसी नखोलिएका सवारी भन्सारमा थन्किएका हुन् । यता सोरुमका सबै गाडी बिक्रि नहुदा पनि यो अवस्था आएको हो । भन्सारमा व्यवसायीले पार्किङ शुल्क बापत दैनिक ५ रुपैयाँ तिनुपर्दछ । यता, वीरगन्जका उद्योगी व्यवसायीले बैंकको चर्कोे ब्याज र नेपाल राष्ट्र बैंकबाट जारी चालु पुँजी कर्जा निर्देशिका २०७९ को विरोधमा बुधबार राष्ट्र बैंकको वीरगञ्ज शाखामा धर्ना दिएको थियो । देशको आर्थिक क्षेत्रको तरलता अभावको असर यो क्षेत्रमा देखिएको हो । बैंक तथा वित्तिय संस्थाले फाइनान्स सुविधा दिएपछि यो समस्या हट्ने व्यवसायीको भनाइ छ । यसर्थ, यो समस्या समाधानमा अगअ्रसरता देखाउन सके सरकारको राजस्वमा पनि राम्रो लाभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com