ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री पौडेलको नेतृत्वमा पुरा होला शर्माले दाबी गरेको ६ प्रतिशतभन्दा बढि आर्थिक वृद्धिदरको लक्ष्य ? (भिडियोसहित)


एबीसी / संवाददाता
पुस १३, २०७९ बुधबार  १० : १० बजे

काठमाडौं, पुस १२ गते ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पुनः उपप्रधानसहित अर्थ मन्त्रालय सम्हाल्दैछन्् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली सरकार हटेपछि २०७८ असारमा अर्थमन्त्री पौडेलको बिदाई भएका थिए । करिब १९ महिनापछि फेरी अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका पौडेल सामु शिथिल अर्थतन्त्रलाई चलायामान बनाउन पहिलेभन्दा निकै चुनौती थपिएका छन् ।

तात्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँगै विसंं. २०७८ असारमा अर्थ मन्त्रालयको जिम्मेवारीबाट बिदाइ भएका थिए अर्थमन्त्री विष्णु पौडेल । त्यसपछि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा अर्थ मन्त्रालयको जिम्मा थिए । सोमबार शर्माको बिदाइपनि बनेका अर्थमन्त्रीको पदभार ग्रहण गरेका पौडेल करिब १९ महिनापछि फेरी सोही ठाउँमा आइपुगेका हुन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पहिलो चरणमा गठन भएको आठ सदस्यीय मन्त्रिमण्डलमा उपप्रधान तथा अर्थमन्त्रीमा चयन भए पौडेल । तर, अर्थतन्त्रको सूचाकांक भने विगतकोभन्दा निकै ओरालोतर्फ छ ।

एमाले उपाध्यक्ष समेत अर्थमन्त्री पौडेल २०७८ मा बिदाइ हुदै गर्दा औसतमा महंगी ३.६० प्रतिशत मात्रै थियो । वार्षिक बिन्दुगत आधारमा निवर्तमान अथमन्त्री जनार्दन शर्माले नेतृत्व छाड्दै गर्दा उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत छ । पौडेल यसअघि बाहिरिदै गर्दा देशको सोधानान्तर स्थिती १ अर्ब २३ करोडले बचतमा थियो । शर्माले छोड्दै गर्दा शोधानान्तर स्थिती २० अर्ब ३ करोडले बचतमा छ । शर्माको पालामा विप्रेषण आप्रवाह बढ्यो । हाल नेपाली रुपियाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेको छ । यसअघि पौडेलले छाड्दा नेपाली रुपियाँमा ९.८ प्रतिशत र अमेरिकी डलरमा ८.२ प्रतिशतले बढेको थियो । शर्माको नेतृत्वमा कुल राजस्व लक्ष्यको २५.२३ प्रतिशत मात्रै संकलन भयो । साढे ५ महिनामा १४ खर्ब ३ अर्ब रुपियाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ३ खर्ब ७२ अर्ब रुपैयाँ मात्रै उठेको छ । राजस्व संकलनभन्दा बढि खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार ४ खर्ब ६६ अर्ब अर्थात् २५.९९ प्रतिशत खर्च भएको छ । विश्वव्यापीरुपमा देखा परेको कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध लगायत विविध कारणवश मूल्यवृद्वि र आपूर्तीमा परेको चापको असर एवम् आर्थिक तरलताको प्रभाव नेपालमा पर्दै आएको छ । सोमबार अर्थ मन्त्रालयबाट बिदाइ हुदै गर्दा शर्माले स्थिती बाहिर देखेजस्तो नभइ सुधारोन्मुख रहेको बताए । उनले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्विको लक्ष्य राखिएपनि यो अंक ६ प्रतिशतभन्दा तल नझर्ने अवस्था रहेको उल्लेख गरे ।

अहिले चालु खर्च ३ खर्ब ७२ अर्ब र पुजीगत खर्च ३८ अर्ब रुपैयाँ मात्रै छ । पुँजीगत खर्च १०.१७ प्रतिशत र वित्तिय खर्च २३.९९ प्रतिशत छ । आर्थिक वर्ष २०७९÷८० को चार महिनामा कुल वस्तु निर्यात ३३.३ प्रतिशतले कमी आइ ५४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सो अवधिमा १०४.३ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फको निर्यात ४२.३ प्रतिशत र चीनतर्फको निर्यात ३४.२ प्रतिशतले घटेको छ । विदेशी विनिमय सञ्चिती अहिले करिब २ अर्ब बढि अमेरिकी डलरले कम छ । सरकारले गाडी लगायत १० वस्तुमा वैशाखदेखि पुस १ गतेसम्म आयात प्रतिबन्ध लगायो तर, यो सञ्चिती रकम पुरानो अवस्थामा फर्किएको छैन । यसअघि पौडेलले नेतृत्व छाड्दा ११ अर्ब ७५ करोड रुपैयाँ अमेरिकी डलर सञ्चिती रहेकोमा हाल नेपालसँग ९ अर्ब ६३ करोड अमेरिकी डलर रहेको छ । अर्थमन्त्री पौडेलले पनि सबै सम्बन्धित विज्ञहरुको राय, सुझावमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

२०७८ असारमा २१.८ प्रतिशतले बढेको देशको विस्तृत मुद्राप्रदाय अहिले १ प्रतिशतमा झरेको छ । २८ सय ८३ अंकसम्म पुगेको नेप्से शर्माले मन्त्रालय सम्हालेदेखि आरालो लाग्दै अहिले १९ सय २४ अंकमा झ¥यो । नयाँ सरकार बन्ने निश्चित भएसँगै सोमबार ५६.८८ अंकले नेप्से बढेको छ । हाल बजार पुँजीकरण २७ खर्ब ८२ रुपैयाँमा झरेको छ । त्यसो त, प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्रको पुनरुत्थान पहिलो प्राथमिकता रहने जनाएको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनु नै प्रमुख चुनौतीको रुपमा देखा परेको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा ८६ अर्ब रुपैयाँ मात्रै विदेशी सहायता प्राप्त भएको छ । वैदेशिक सम्बन्ध एवम् बाह्य क्षेत्र असन्तुलित हुदा नेपालमा आर्थिक मन्दीको संकेत देखा परेको छ । सरकारको आयव्यय सन्तुलित छैन । यसले गर्दा, उद्योग व्यवसायी एवम् सरोकारवाला चिन्तामा छन् । अहिले बैंक कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ । अर्थतन्त्रका यस्ता नकारात्मक सूचकहरुलाई सकारात्मक दिशामा लानुपर्ने चुनौती अर्थमन्त्री पौडेलसहित नयाँ सरकारलाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com