ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरजग्गा कारोबार ५० प्रतिशतभन्दा बढिले खस्कदै (भिडियोसहित)


एबीसी / संवाददाता
पुस ४, २०७९ सोमबार  ९ : ३७ बजे

काठमाडौं, ४ पुस ।

पछिल्लो समय, देशैभरमा घरजग्गा कारोबार निकै सुस्त गतिमा छ । बैंक तथा वित्तिय संस्थाको घरजग्गा लिलामीको सूचना बढेका छन् तर, किन्ने ग्राहकको संख्या निकै न्यून छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्षमा घरजग्गा कारोबारमा विगतको भन्दा ५० प्रतिशतले कमी आएको छ । जसकारण, ऋण काढेर घरजग्गामा लगानी गरेका व्यवसायीहरु समस्यामा परेका छन् ।

पछिल्लो समय, घरजग्गाको किनबेच असाध्यै सुस्त छ । घरजग्गा धितोमा राखेर ऋण लगेकाहरुले नियमित साँवा र ब्याज तिर्न सकेका छैनन् । जसकारण, बैंक तथा वित्तिय संस्थाहरुले लिलामीको सूचना प्रकाशन त गरेका छन् तर, एकै घरजग्गाको पटक–पटक सूचना निकाल्दा पनि यसका ग्राहक भेटिएका छैनन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार एक वर्षअघिको मंसिर महिनामा देशभर ६९ हजार ४१२ वटा घरजग्गा किनबेच भएको थियो । तर, यस वर्षको गत मंसिरमा २९ हजार १८४ वटा मात्रै घरजग्गा कारोबार भयो । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा देशभर एक लाख ५१ हजार ६६ वटा घरजग्गा किनबेचका लिखित पास भए । गत वर्षको यही अवधिमा देशभर तीन लाख २४ हजार १३९ वटा घरजग्गा लिखित पास भएका थिए । गत वर्षको तुलनामा यो वर्ष घरजग्गा किनबेच ३ प्रतिशतले घटेको तथ्यांक छ ।

त्यसो त, नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानीमा निरुत्साहन गर्ने लिएको नीतिको परिणामस्वरुप पनि यो अवस्था आएको हो । केन्द्रीय बैंकले चालू पूँजी कर्जाको मार्गदर्शन जारी गर्दै कर्जा दुरुपयोग रोक्न बैंक तथा वित्तिय संस्थालाई बाध्य पारेको थियो । जसले गर्दा व्यवसायिक प्रयोजन देखाएर ऋण लिने र घरजग्गा किनबेच गर्ने विगतको धन्दामा रोक लाग्यो । घरजग्गा किनबेच गर्ने नयाँ पूजी बजारमा आउन सकेन र ऋण लिएर घरजग्गामा लगानी गर्नेहरुले पर्याप्त ऋण पाएनन् । बैंक तथा वित्तिय संस्थाको ब्याजदर १३ देखि १४ प्रतिशतको हाराहारीमा छ, यस क्षेत्रको बढ्दो ब्याजदरका कारण घरजग्गाका लगानीकर्ता निरुत्साहित भए । त्यसो त, विश्वव्यापीरुपमा स्वास्थ्य लगायत आर्थिक क्षेत्रमा देखिएको जटिलताका कारण देशकै समग्र अर्थतन्त्र निराशाजनक अवस्थामा रहेका बेला यस क्षेत्रको व्यवसाय झनै ओरालो लागेको हो ।

भू–उपयोग नियमावली अनुसार जग्गाको किताकाट नभएका कारण पनि जग्गाको किनबेच रोकिएको छ । सरकारले देशभरीको जग्गा खण्डीकरण रोक्न भू–उपयोग नियमावली जारी गरेको छ तर, सो प्रावधान अनुसार जग्गाको वर्गिकरण हुन सकेको छैन । काठमाडौंमा चन्द्रागिरी नगरपालिकाले मात्रै यसखाले वर्गिकरण गरेपनि अधिकांश स्थानीय तहले कृषियोग्य, आवास लगायतका क्षेत्र छुट्याएको छैन । वर्गिकरण नहुदा सिंगो जग्गा किनबेचको चक्र प्रभावित छ । यी विविध कारणको असर घरजग्गा व्यवसायमा बढ्दै गएको हो ।

हरेक महिना ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेकोमा यस वर्षका पछिल्ला महिनाहरुमा यो कारोबार आधा पनि छैन । कात्तिकमा २७ हजार ९३९ वटा घरजग्गाको लिखित किनबेच भयो । यो संख्यामा असोजमा ३३ हजार ४३८ र भदौमा ३४ हजार ७२० रह्यो । बैंक तथा वित्तिय संस्थाको कुल ऋणको दुईतिहाई घरजग्गा धितोमा छ । विगतका वर्षमा घरजग्गाको मूल्य अत्याधिक बढेका कारण यो क्षेत्र जोखिमयुक्त बन्दै गएको थियो । तर, लिलामी घरजग्गा किन्ने ग्राहक नभएपछि स्वभाविकरुपमा मूल्य घटाएर बिक्रिवितरण गर्नुपर्ने बाध्यता छ । यस क्षेत्रमा लगानी गरेका कयौं सहकारीले निक्षेप फिर्ता गर्न नसक्ने अवस्था बनेको छ । बैंकहरु पनि खराब कर्जा बढ्ने जोखिमले आत्तिएका छन् । घरजग्गा व्यवसायको यसखाले जोखिमउन्मुख अवस्थाप्रति सम्बन्धित पक्षले सतर्कता अप्नाउन आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com