ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निरन्तर विवादित जबराको कार्यकाल कस्तो रह्यो ? (भिडियोसहित)


एबीसी / संवाददाता
मंसिर २९, २०७९ बिहीबार  ९ : ४६ बजे

काठमाडौं, २९ मंसिर ।

निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा अनिवार्य अवकाश पश्चात् न्यायपालिकाको नेतृत्वबाट बाहिरिए । सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले जबराविरुद्ध २१ आरोपसहित गत फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता गरेको थियो । ६५ वर्षे उमेरहदका कारण उनी सो पदबाट अवकाशमा गएका हुन् ।

सर्वोच्च अदालतका निलम्बित न्यायधीश चोलेन्द्र शमशेर जबरा मंसिर २७ गते मंगलबारबाट अनिवार्य अवकाशमा गए । जबरामाथि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदले २१ वटा आरोप लगाएर गत फागुन १ गते प्रतिनिधि सभा संसदमा महाअभियोग दर्ता गरेको थियो । महाभियोग प्रस्ताव दर्तापछि दश महिनासम्म निष्क्रिय रहेका जबराले ६५ वर्षे उमेर हदका कारण अवकाश पाएका हुन् । यसबीच जबरा दुई पटक न्यायलय फर्कने प्रयास गरे । अन्तिम घडीमा संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बन निष्प्रभावी भएको पत्र लेखेपछि सो पत्र लिएर उनले सर्वोच्च छिर्ने प्रयास गरे । जबरामाथि न्यायपालिकाको साखलाई गिराउने काम गरेको, कार्यक्षमताको अभाव, भ्रष्टाचार लगायतका आरोप लागेको छ ।

सर्वोच्चको न्यायधीश र प्रधानन्यायधीशको जिम्मेवारीमा मात्रै नभइ न्यायपालिकाको पहिलो कदममा नै उनी विवादमा तानिएका थिए । काठमाडौं महानगरमा करारमा भर्ना भएका जबराले सर्वोच्चका तत्कालीन न्यायाधीश सुरेन्द्रप्रसाद सिंहले उमेर ढाँटेको विषय उठाएर उनलाई प्रधानन्यायधीश बनाउन नहुने सर्वोच्चमा निवेदन दिएका थिए । नौ वर्षसम्म अस्थायी रहेका जबरालाई २०६१ माघ १९ मा ज्ञानेन्द्र शाहले कु गरेर सत्ता हातमा लिएको दुई महिनामा स्थायी गरिएको थियो । त्यसको दश महिनापछि २०६२ को माघमा विशेष अदालतमा सरुवा गरियो । तत्कालीन प्रधानन्यायधीश दामोदर प्रसाद शर्मा, कानुनमन्त्री नरहरि आचार्य लगायतको समूहले जबरासहित गोपाल पराजुली र दीपकराज जोशीलाई सर्वोच्च ल्याए । पराजुली र जोशी गिरिजाप्रसाद कोइरालाको पहिलो सरकार रहेका बेला २०४८ कात्तिक १८ मा पुनरावेदन अदालत प्रवेश गरेका थिए । सुरुदेखि नै विवादित जबरा विवादितै रहेर अवकाशबाट बिदा भए ।

तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेपछि न्यायलयभित्रको यसखाले विवादास्पद कुरा झनै छताछुल्ल भयो । सर्वोच्चले परमादेश सरकार गठनको आदेश दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बन्यो । प्रधानमन्त्री देउवा र निलम्बित जबराबीच कतिपय समयमा चर्काचर्की चल्यो । यसलाई सांसदका सदस्यको असक्षमताका र राजनीतिक आग्रह, पूर्वाग्रहका विषयसँग जोडे विभिन्न टिकाटिप्पणी हुने गरेका छन् ।

त्यस बखत जबरा कानुनी एवम् राजनीतिक सल्लाहकारका रुपमा ओली निकट मानिएका थिए । पछि गठबन्धन सरकारको भागबण्डामा न्यायलय मुछिएको र जबराको निलम्वनको माग गर्दै विभिन्न विरोध प्रदर्शन समेत भयो । जबरामाथिको महाअभियोग संसदमा गएको छ तर, अघिल्लो संसदमा भएका प्रस्ताव पछिल्लो संसदमा जाने, नजाने भन्ने विषयमा कुरा उठेको छ । न्याय सम्पादनको सर्वोच्च जिम्मेवारीमा रहेको जबरा निरन्तर विवादित बनिरहदा सिंगो न्याय जगत अछुतो रहन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com