ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश आउनु गलत – कानुनविद्


एबीसी / संवाददाता
मंसिर २७, २०७९ मंगलबार  ११ : ३३ बजे

काठमाडौं, २७ मंसिर ।

सरकारले नयाँ सरकार गठनमा सहज हुने ढङ्गबाट अध्यादेश सिफारिस गरेको छ । निर्वाचन परिणामको अन्तिम घोषणा हुने र नयाँ सरका कसरी निर्माण गर्ने भन्ने सन्दर्भमा दलहरुबीच कसरत भइरहेका बेला यसरी ल्याइएको अध्यादेश कानुन विपरीत भएको कानुनविद्ले जनाएका छन् । यही सन्दर्भमा  वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, रामनारायण बिडारी र रमण श्रेष्ठसँग एबीसीकर्मी धुव्र अधिकारीले लिएको संक्षिप्त प्रतिक्रियामा आधारित ः

बहुमत पु¥याउन अध्यादेश ः

सरकारले ल्याएको अध्यादेशबारे प्रतिक्रिया दिदै वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले अध्यादेश आउनु नौलो कुरा नभएको तर यो समय अनुकूल नभएको बताए ।

देवकोटाले भने, “अनौठो चाहि होइन तर, टाइमिङ अलि फरक छ । विल्कूल मेजोरिटी पु¥याउनका लागि ल्याएको देखिन्छ ।” सरकार निर्माणका लागि बहुमत पु¥याउने उद्देश्यले मात्रै अध्यादेश आएको उनको भनाइ छ ।

अहिले सतहमा देखिएका कुरा मात्रैभन्दा पनि अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने र यस्ता थुप्रै मानिसहरुलाई छुटाउन ल्याइएको देखिएको उनले बताए । “त्यस्ता थुप्रै मानिसहरुलाई छुटाउन, राष्ट्रपतिबाट माफी दिलाउनका लागि, अनुमान गर्दा त्यस्तो देखिन्छ ।”

अध्यादेश आउनु गलत ः

यस्तै वष्ठि अधिवक्ता रामनारायण बिडारीले अध्यादेश सामान्यतया जारी गर्न नै नहुने बताए ।
बिडारीले भने, “अध्यादेश सामान्यतया, जारी गर्नुहुँदैन । विशेष परिस्थितीमा नगरी नहुने काम प¥यो, नोक्सान पर्ने भने भन्ने । अन्यथा, ओलीले गरेको चाहे, शेरबहादुरले गरेको सामान्यतया संसद छलेर गर्न हुँदैन ।”

यस्तै, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि अध्यादेश आउनु गलत भएको बताए । “अध्यादेश गलत हो । हस्तक्षेपभन्दा पनि गर्नै नहुने कुरा हो”, उनले जोडे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com