ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पचास पैसाबाट दुई अर्ब पचास करोडको पूँजी


admin

चितवन, ३० असार । छब्बीसजना युवाले २६ वर्षअघि दैनिक पचास पैसा संकलन गरेर स्थापना गरेको गैँडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थामा अहिले रु दुई अर्ब ५० करोडको पूँजी भएको छ ।

विसं २०४८ भदौ ५ गते स्थानीय २६ जना युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै थालेको यस अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका छन् । संस्थाको शेयर रकममात्रै रु २२ करोड भएको छ भने निक्षेप रु दुई अर्ब र लगानी पनि रु दुई अर्ब पुगेको छ ।

संस्थाको पूँजीमात्रै बढेको होइन, यसका सदस्यले पनि करोडौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । यस्ता प्रशस्त उदाहरण भेटिन्छन् जसमध्ये एउटा पात्र रहनुभएको छ गैँडाकोट नगरपालिका वडा नं १४, अमरापुरीका धनपति शर्मा ज्ञवाली ।

दायाँ हात गुमाउनुभएका ज्ञवालीले कतैबाट पनि ऋण नपाएपछि बिकु सहकारीमा पुग्नुभयो । उहाँको आफ्नै कथा छ हात नभएकालाई कसले ऋण दिन्छ भन्ने ठूला बैंकको जवाफपछि गैँडाकोटकै बिकुमा उहाँ पुग्नुभएको थियो ।

विसं २०६३ मा उहाँको एक टुक्रा घडेरी थियो । त्यसको पनि ऋण तिर्न बाँकी नै थियो । अपांग भए पनि साहस लिएर बिकु पुग्नुभएका उहाँले कुखुरापालनका लागि सहजै रु दुई लाख ऋण पाउनुभयो । आज उहाँसँग करोडौँ रुपैयाँको सम्पत्ति छ । यसको श्रेय बिकु सहकारीलाई जान्छ ।

“मैले लाखौँ रुपैयाँ बिकुसँग ऋण लिएँ, कुखुरापालन गरेँ र आम्दानीबाट जग्गा पनि किनेँ,” उहाँले भन्नुभयो– “अहिले मेरो ऋण छैन, कुखुरा पालेको ठाउँमा पाँच कट्ठा १० धुर जग्गा छ, बिक्री ग¥यो भने रु दुई करोड आउँछ, अरु ठाउँमा पनि केही घडेरी छ, बिक्री गर्दा रु ५० लाख आउला ।” यो सबै सम्पत्ति आर्जन गर्न उहाँलाई बिकु सहकारीले नै साथ दिएको हो ।

धेरै युवालाई करोडपति बनाएको बिकु सहकारीको शुरुवात विजय युवा क्लब क्रेडिट युनियनबाट भएको हो । पछि सहकारी ऐन, २०४८ तथा सहकारी नियमावली, २०४९ अन्तर्गत २०५० सालमा जिल्ला सहकारी कार्यालय, नवलपरासीमा दर्ता भएको थियो ।

यस अभियानमा जुट्ने युवा २०३६ सालबाटै संगठित भएर समाजसेवामा जुटिरहेका थिए । उनीहरुलाई विजय युवा क्लबले संस्थागत वनाएको हो । शुरुमा विजय युवा क्लब पुस्तकालयका रुपमा स्थापना गरिएको थियो । यसको उद्देश्य चेतना फैलाउने र समाजको रुपान्तरणका लागि युवा परिचालन गर्नु रहेको संस्थाका उत्प्रेरक तथा समाजसेवी तिलकप्रसाद सापकोटाले बताउनुभयो । उक्त क्लब विजय विकास स्रोत केन्द्रका नामले देश र विदेशमा परिचित छ । यसले बिकुजस्तै छवटा संस्था जन्माएको छ ।

बिकुका प्रमुख अधिकृत माधवप्रसाद पौडेलका अनुसार अहिले यस संस्थाले १० वटा सेवा केन्द्रमार्फत जिल्लाका विभिन्न ठाउँमा सेवा दिँदै आएको छ । संस्थाले एशियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घद्वारा सञ्चालित एक्सेस कार्यक्रमको दोस्रो ब्याचमा सहभागी भई एशियास्तरको ब्राण्ड प्राप्त गरिसकेको पौडेलले बताउनुभयो ।

संस्थाले एसएमएस बैंकिङमात्रै होइन, एटिएम कार्डबाट स्वाइप गरी रकम निकाल्न सकिने सेवा पनि सञ्चालन गरेको छ । संस्थाले ३६५ दिन नै बंैकिङ सेवा, सन्ध्याकालीन काउन्टर सेवा, विद्युत्को बिल भुक्तानी सेवा, मोबाइल काउन्टर सेवा, ट्याबलेट बैंकिङ सेवा र वित्तीय परामर्श सेवा पनि दिँदै आएको छ ।

विजय विकासका अध्यक्ष एवं बिकुका संस्थापक अध्यक्ष खेमराज सापकोटा विगतको स्मरण गर्दै भन्नुहुन्छ – “शुरु शुरुमा ५० पैसाले विकास गर्छौं भन्ने एक मोहोरे विकास भनेर हाम्रो खिल्ली उडाउने गर्थे । तर हामी निराश भएनौँ, अभियान जारी राख्यौँ ।” –“हामीले भन्दै गयौँ – एक कप चिया घटाउनुहोस् हामीलाई ५० पैसा दिनुहोस्, हामी सभ्य समाज निर्माणमा सहयोग पु¥याउँछौँ ।”

विजय विकास स्रोत केन्द्रका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालका अनुसार केन्द्रले बिकुसँगै विजय सामुदायिक शिक्षा सदनमार्फत नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ गरिरहेको छ । विजय सूचना तथा सञ्चार सहकारीमार्फत विजय एफएम सञ्चालन गरिरहेको छ । विजय लघुवित्त वित्तीय संस्थामार्फत देशका विभिन्न ठाउँमा वित्तीय सेवा दिइरहेको छ । पछिल्लो समय विजय कन्सल्टिङ कम्पनी प्रालि र विजय फाउण्डेशन नेपालमार्फत सामाजिक सेवा गर्दै आएको छ ।

विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका लम्सालका अनुसार केन्द्रले अहिले पनि ४४ जिल्लामा कृषिसँगै अन्य कार्यक्रम लिएर समाज रुपान्तरणको काम गर्दै आएको छ ।

विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक प्रेमकृष्ण मानन्धरका अनुसार केन्द्रले प्रवद्र्धन गरेका संस्था स्वायत्तरुपमा सञ्चालनमा छन् । यी संस्थामार्फत एक लाखभन्दा बढी प्रत्यक्षरुपमा लाभान्वित भएको मानन्धर बताउनुहुन्छ । नयाँ नयाँ संस्था गठन गरी समाजको आवश्यकता पूर्ति गर्न केन्द्र लागिपरेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com