ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानमा लेखेको कुरा महिलाको मात्रै ‘इस्यु’ हो ?


एबीसी / संवाददाता
मंसिर २२, २०७९ बिहीबार  १ : ५१ बजे

काठमाडौँ, २२ मंसिर ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले संविधानमा उल्लेख भएको विषय महिलाको मात्रै नभएको बताएकी छिन् । एबीसी टेलिभिजनको एबीसी वाचको अन्तरक्रियात्मक कार्यक्रममा उनले संविधान कार्यान्वयनमा जोड दिदै सो कुरा बताएकी हुन् । उनले राजनीतिक दलको इच्छा शक्ति नभएका कारण प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ महिला उम्मेदवारको सङ्ख्या अत्यन्तै न्यून भएको बताइन् ।

“संविधान कार्यान्वयनका कुरा उठाएका थियौं । तीन वर्ष भित्र कानुन बनाएर लागू गरिसक्नुपर्ने । कम्तिमा एकतिहाइ महिला जानुपर्छ भनेर । फास्ट ट्रयाकबाट कानुन बनाएर जाऔं भन्ने कुरा । तर, संविधान जोगायौं भन्नेले पनि संविधानको ढिक्का मात्रै देख्नुभएको रैछ π संविधानको धारमा के लेखिएको कुरा के–के छन् भन्ने हेक्का भएन जस्तो लाग्छ”, उनले भनिन् ।

नयाँ दलमा पनि पुरानै ट्रेन ः
नयाँ एवम् स्वतन्त्र भन्नेहरुले पनि पुरानै दलले जस्तो महिला उम्मेदवार कम उठाएका कुरा ख्याल गर्नुपर्ने उनी बताउँछिन् । नयाँ दलले कम्तिमा पनि एकतिहाइ, अलि पुरानो पार्टीभन्दा फरक हामीले सुरुवात गर्नुपर्छ भनेर त्यो गर्न नसकेको उनले प्रष्ट पारिन् ।

यस लगायतका प्रस्तावमा सरकार छलफल गर्न नै तयार नभएको भन्दै उनले संविधानमा उल्लेखित विषय कार्यान्वयन हुनुपर्ने उनले बताइन् । उनले भनिन्, “संविधानमा लेखेको कुरा महिलाको मात्रै ईस्यु हो र ? महिलाले मात्रैै गर्नुपर्ने हो ?”,लैङ्गिक दृष्टिकोण कस्तो छ भने, उठ्नपर्ने मात्रै हो र निर्वाचन जित्न पर्दैन भन्ने दलहरुको पुरानै मान्यता रहेको उनले जोडिन् ।

तर, यो पटक हस्ती एवम् हेबी वेट भनिएकालाई महिला उम्मेदवारले पराजित गरेको र कतिपय स्थानमा कडा टक्कर दिएकाले महिलाहरु चुनाव जित्दैनन् भन्ने भाष्य अबका दिनमा परिवर्तन हुदै जाने उनको विश्वास छ । “कतिपय हेबी वेटलाई पराजित नै गरेकाले यो भाष्य बदलिन्छ कि जस्तो लाग्छ”, उनले भनिन् ।

उल्लेखनीय परिणामका लागि महिला ः
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मतदाताले नयाँ कुरा चाहेको संकेत गरेको बताए । पुराना एवम् स्थापित राजनीतिक दल यस विषयमा सोच्न बाध्य हुनुपर्छ भन्दै उनले महिला, पुरुष सबैले मत दिएर महिला उम्मेदवार विजयी बनेको बताए ।

डा. पोखरेलले भने, “मतदाताको मनस्थिती कतै न कतै परिवर्तन भएको देखिन्छ । महिला अगाडि सा¥यो भने अझ उल्लेखनीय परिणाम आउछ, महिलाले गर्न सक्छन् भन्ने कुरा पुराना स्थापित दलले त्यो दृष्टिकोणबाट सोच्नुपर्छ ।”

जनप्रतिनिधि पनि हिंसामा ः
राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा भने पुरानो परीक्षण भएर जनताको नजरमा सही उम्मेदवारहरु विजयी भएर आउनसक्ने बताउँछिन् । अबको पाँच वर्षमा विजयी उम्मेदवारले जनताको मुद्दा कति उठाउँछन्, त्यो हेर्नुपर्ने उनको भनाइ छ ।

१६ दिने लैङ्गिक हिंसा सन्दर्भमा बोल्दै ओझाले भनिन्, “जनप्रतिप्रतिनिधिहरुबाटै हिंसा भइरहेको छ । उपमेयर, मेयरबाट पिडित छ । जनताले चुनेका प्रतिनिधि पनि हिंसामा छन् परम्परावादी सोच, दृष्टिकोणका कारण । अहिले त झन् अनलाइन हिंसाको कुरा पनि छ ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com