ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शारीरिक तन्दुरुस्तीका लागि दौडँदा के गर्ने, के नगर्ने


एबीसी / संवाददाता
कार्तिक १६, २०७९ बुधबार   ७ : २०   बजे

एजेन्सी/ शारीरिक तन्दुरुस्तीका लागि दौडिनेहरु धेरै हुन्छन्। शरीर स्वस्थ राख्न सन्तुलित खानपानसँगै शारीरिक व्यायामको पनि महत्व छ। शारीरिक व्यायामकै एउटा पाटो हो दौड। दौडिँदा शरीरबाट धेरै उर्जा खपत हुन्छ। दौडिँदा साबिकको भन्दा बढी बल आवश्यक पर्दछ। तसर्थ धावकले होस् या शरीर चुस्त राख्न दौडिनेहरुले दौडसँगसँगै खानपानमा पनि ध्यान दिनु जरुरी छ। दौडिनेहरुले दौडाइअनुसार के खाने भन्ने ख्याल राख्नुपर्छ। यदि तपाईं सामान्य तरिकाले ३–४ माइल दौडँदै हुनुहुन्छ भने दौडनुअघि खानेकुरा नखाँदा हुन्छ। यो सामान्य दूरीको दौड हो, तसर्थ यस्तो अवस्थामा दौडनुअघि खाना खानु आवश्यक हुँदैन।

शरीरको मांशपेसीमा पर्याप्त ग्लाइकोजेन (शरीरको उर्जा सञ्चित हुने अवस्था) हुन्छ, जुन आवश्यकता अनुसार दौडँदा या भारी काम गर्दा उपयोग हुन्छ। दौडनुअघि आठ औँस पानी वा न्यून क्यालोरियुक्त ‘स्पोर्टस ड्रिङ्क’ पिउनुहोस्। बिहान उठ्ने बित्तिकै दौडनु छ भने तोकिएको परिणाममा पानी पिउनु राम्रो, किनकी रातभरि सत्दा डिहाइड्रेडसन भएको हुन सक्छ। चार माइलभन्दा बढी तीव्र गतिमा दौडनुअघि ५० देखि ६० ग्राम कार्बोहाइड्रेड (जस्तैः ओटमिल, केरा) खानुपर्छ। तर दौडनुभन्दा एक वा दुई घन्टाअघि मात्र यो खानेकुरा खानुपर्छ, ताकि खानेकुरा राम्रोसँग पच्न सकोस् र शरीरमा पोषणतत्व घुल्न पाओस्।

निकै तीव्र गतिमा धेरै समय दौडनु छ भने अघिल्लो रात नै पर्याप्त कार्बोहाइड्रेडयुक्त खानेकुरा खानुपर्छ। पास्ता, भात–सब्जी र पोषणयुक्त खानेकुरा खानुहोस् ताकी मांशपेशीको ग्लाइकोजेन भण्डार बलियो होस्। आधा घण्टाभन्द कम दौडिँदाः बिहान वा दिउँसो आधा घण्टाभन्दा थोरै समय दौडँदै हुनुहुन्छ भने मनतातो पानी मात्र पिउँदा पर्याप्त हुन्छ। आधा घण्टाभन्दा बढी दौडँदाः आधा घण्टाभन्दा बढी वा एक घण्टा नै दौडँदै हुनुहुन्छ भने न्यून क्यालोरियुक्त डाइट खानुहोस्। विशेषगरी पेयपर्दाथ पिउनुहोस् जसको क्यालोरी न्यून होस्। इलेक्ट्रोलाइटयुक्त पेय पर्दाथले मांशपेसीको कामलाई सहज बनाउँछ।

सोडियम र पोटासियमयुक्त इलेक्ट्रोलाइटले मांशपेसीले तरल पर्दाथ प्राप्त गर्ने, अक्सिजन प्रवाह हुने र शरीरको गतिविधि सुचारु बनाउँछ। ठोसभन्दा तरल पर्दाथले शरीरमा छिटो उर्जा दिन्छ। डेढ घण्टाभन्दा बढी दौडिँदाः दैनिक डेढ घण्टाभन्दा बढी दौडनु छ भने हरेक २५ देखि ३० मिनेटको अन्तरमा २० ग्राम कार्बोहाइड्रेड खानुहोस्।

मांशपेशीमा ग्लाइकोजिनको पर्याप्त भण्डारणका लागि आधा घन्टाको अन्तरमा ३० देखि ६० ग्राम कार्बोहाइड्रेड खानुपर्छ। ९० मिनेट वा सोभन्दा बढीको दौडमा कार्बोहाइड्रेड र स्पोर्ट्स ड्रिङ्कले शरीरलाई चुस्त बनाउँछ र कमजोरी तथा आलस्यबाट बचाउँछ। तर, दौडको समय स्पोर्ट्स ड्रिङ्क बढी पिउँदा भने पेट र आन्द्रामा असर गर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, ब्ल्याकलिस्टका कारण विदेश यात्रा रोकियो

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

विश्वकपअघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group