ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाखुशीमा पैचो पसलको आफ्नै बिक्री कक्ष सुरु


admin

काठमाडौं, ८ माघ । राजधानीको सामाखुशी चोकमा पैचो पसल प्रा.लि.ले बिक्री कक्ष सुरु गरेको छ । पैचो पसलले आफ्ना उत्पादन राजधानीको बजारमा भित्र्याएको एक वर्षपछि आफ्नै आधिकारिक विक्री कक्ष संचालनमा ल्याएको हो ।

बिक्री कक्षको पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज शुभारम्भ गर्नुभयो । बिक्री कक्ष शुभारम्भ गर्दै पूर्वस्वास्थ्यमन्त्री पोखरेलले पैचोका उत्पादनहरुले अर्गानिक उत्पादनमा जोड दिने विश्वास व्यक्त गर्नुभयो ।

पहाडी र उच्चपहाडी भूभागका कच्चा पदार्थ प्रयोग गर्दै पैचोले अचार, जाम, टोमेटो केचप, सस, मकैको आटो, कोदोको पिठो, फापरको पिठो, सिन्की, मस्यौरा, दाल लगायतका खाद्य वस्तु उत्पादन गरिरहेको छ ।

ओजस आयुर्वेद अस्पतालको सहकार्यमा सुरु भएको विक्रि कक्षमा पैचोका सबै उत्पादनहरु पाइने भएको छ । ओजस अस्पतालका प्रबन्ध निर्देशक नारायण आचार्यले पहाडी उच्चपहाडी क्षेत्रका उत्पादनहरु स्वथ्यकर हुने भएकाले पैचोलाई एउटा मिसनको रुपमा अघि बढाउन चाहेको बताउनुभयो ।

‘बसे पनि शहर गाउंकै खाने रहर’ भन्ने नाराका साथ डेढ वर्षदेखि गुल्मीको रिडीमा अत्याधुनिक प्रशोधन केन्द्र खोलेर सुरु गरिएका उत्पादनहरु लिएरु पैचो पसल एक वर्ष अघिदेखि राजधानीको बजारमा प्रवेश गरेको थियो । अहिले हेटौंडादेखि सुदुर पश्चिमसम्म आफ्ना उत्पादनहरु पुर्याइसकेको पैचोका मुख्य बजार व्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिनुभयो ।

गुल्मी र पाल्पाका किसानले उत्पादन गरेका सबै खाद्य बस्तुहरु खरिद गर्दै आएको पैचोले अहिले कालिकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, प्यूठान, बागलुङ, पर्वत, स्याङ्ग्जाका किसानका उत्पादनहरु खरिद सुरु गरेको छ ।

पैचोले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको इन्ट्रिग्रेटेड पेस्ट मेनेजमेन्ट (आईपीएम) प्रणालीका उत्पादन र पूर्ण अर्गानिक उत्पादनलाई मात्र प्राथमिकता दिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com