ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मुलुकको स्थिती धेरै बिग्रियो, चुनाव संकटमा परेको छ’ – राजनीतिक विश्लेषक रमेशनाथ पाण्डे


एबीसी / संवाददाता
आश्विन १०, २०७९ सोमबार  १२ : ०४ बजे

काठमाडौं, १० असोज । पूर्व परराष्ट्रमन्त्री एवम् राजनीतिक विश्लेषक रमेशनाथ पाण्डे आगामी चुनाव आफैं संकटमा परेको बताएका छन् ।

एबीसी न्यूजसँग कुरा गर्दै उनले विगतमा राजनीतिक पार्टी र उम्मेदवारहरु को, कसले जित्ला या हार्ला भनेर चिन्ता हुने गरेको तर अहिले भने चुनाव आफैंमा संकटमा परेको बताए ।

“यसले जित्ला वा हार्ला त्यो अर्कै कुरा भयो । चुनाव आफैं संकटमा परेको छ । पहिला पार्टी समाप्त हुन्छ रे ! उम्मेदवार सबै हार्छ रे ! भन्ने हुन्थ्यो तर, अहिले चुनावै निरर्थक होला भन्ने भयो”, उनले भने ।

चुनाव अगावै आर्थिक संकट !

एक त देशका सबैजसो राजनीतिक दलहरुमा झगडा रहेकाले पार्टी कमजोर भएको उनले बताए । “पार्टी कमजोर भएपछि मुलुकको स्थिती धेरै बिग्रियो । चुनावभन्दा अगाडि नै यहाँ आर्थिक संकट परिसक्या हुन सक्छ । कर्मचारीलाई कहाँबाट तलब दिनुहुन्छ ? चुनाव कसरी गराउनुहुन्छ ?”, पार्टी सबै फट्ने अवस्थामा रहेको समेत उनको विश्लेषण छ ।

यसैले गर्दा कुनै दलबीच मेल हुने अवस्था नरहेको उनले बताए । उनले वैदेशिक सम्बन्धले गर्दा आन्तरिक अवस्था खराब भएको बताए ।

“एक, दुई, तीन गरेर हेर्नुभए हुन्छ । हरेकसँग सम्बन्ध बिग्रेर गयो । कुटनीतिमा एकातिर बिग्रियो । कुटनीतिमा बिग्रेपछि आर्थिक स्थिती बिग्रिहाल्छ नि π”, छिमेकी मुलुक भारतसँग पनि लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमाका विषयमा छलफल हुन नसकेको उनले जोडे ।

पूर्वमन्त्री पाण्डेले पछिल्लो राष्ट्रपतिको कदममा उपराष्ट्रपतिले वक्तव्यबाजी गर्ने विषयमा असन्तुष्टि पोखे । राष्ट्रपति र उपराष्ट्रपतिबीच झगडा छ भन्ने कुराले राम्रो सन्देश नगएको उनको भनाइ छ । यस विषयमा देशको उच्च पदस्थ व्यक्तित्वले आन्तरिकरुपमा समाधानको पहल गर्नुपर्नेमा उनले जेड दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com