ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयक अब नयाँ प्रतिनिधिसभाले टुंगो लगाउछ – संविधानविद् डा.भीमार्जुन आचार्य


एबीसी / संवाददाता

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताविधेयक प्रमाणिकरण नगरेको विषय अहिले विवादित छ । सत्ता गठबन्धन दल र कानुनविद्हरुले समेत दोस्रो पटक सिफारिस भएको नागरिकता विधेयक राष्ट्रपतिबाट सवतः प्रमाणिकरण हुनुपर्ने व्यवस्था रहेको बताएका छन् ।

तर, संविधानविद् डा. भीमार्जुन आचार्यले असोज १ गते नै संसदको कार्यकाल सकिएको हुँदा स्वतः निष्क्रिय हुने संविधानमा उल्लेख रहेको बताए । एबीसी अनलाइनसँग कुरा गर्दै उनले भने, “दोस्रो पटक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष नागरिकता विधेयक पठाइसकेपछि १५ दिनसम्म राष्ट्रपतिले प्रमाणिकरण गरिसक्नुपर्ने संविधानमा उल्लेख छ । त्यो भनेको असोज ४ गते पुग्दो रहेछ । यसैबीचमा असोज १ गतेबाट संसदको कार्यकाल अन्त्य भयो । संसद अन्त्य भएपछि विधेयकहरु निष्क्रिय हुने संविधानमा लेखेको छ ।”

सायद, राष्ट्रपतिले असोज १ गतेपछि विधेयक निष्क्रिय भएको ठानेर प्रमाणिकरण नगरेको हुनसक्ने उनको भनाइ छ । उनले अबको विकल्प भनेको प्रमाणिकरण गर्ने र त्यसको कानुन बन्ने रहेको तर, यो नयाँ बन्ने प्रतिनिधिसभाले अगाडि बढाउन सक्ने बताए ।

“अबको बाटो भनेको निष्क्रिय विधेयक चाहिँ प्रमाणिकरण गर्ने, त्यसको कानुन बन्ने, नयाँ प्रतिनिधिसभाले अगाडि बढाउन सक्छ । संविधानमा लेखेको छ । संविधानको धारा १११ उपधारा १० मा, अबको निकास त्यही नै हो जस्तो लाग्छ”, उनले भने ।

अब जति पनि विधेयकहरु निष्क्रिय भए, यी सबै नयाँ प्रतिनिधिसभाले के गर्छ, त्यसमा भर पर्ने उनले बताए । यसैसँगै निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोगको कारबाही प्रारम्भ भएको तीन महिनाभित्र समितिले काम सकाउनुपर्ने प्रावधान रहेको पनि उनले जोडे ।

“यसैगरी चलेको छ देश । अबको उपाय अब आउने प्रतिनिधिभाले यसलाई अगाडि बढाउने संविधानमा लेखेको छ । राजनीतिक रुपमा दल, सरोकारवालाले र गठबन्धन सरकारले असहयोग, टिकाटिप्पणी गर्न सकिएला । तर, यसलाई उपभोग गर्दा कानुनसम्मत् छ”, राष्ट्रपतिले यो विकल्प रोजे कानुनसम्मत् रहने उनले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com