ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटो ट्रयाक २०७४ को उपाधि प्रशान्तले जिते


admin
माघ ७, २०७४ आईतबार  ४ : ५१ बजे

काठमाडौं, ७ माघ । शनिवार डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ मा प्रशान्त जङ्ग कार्कीले वाजी मारेका छन् । त्यसैगरी विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप र सेकेन्ड रनर अप भए । त्यसैगरी प्रोपर सेफ्टी गियरको उपाधि आशीष कुमार शाक्य र प्रवीण जङ्ग कार्की, पब्लिक च्वाइसको उपाधि दोर्जे छेवाङ र बेस्ट राइडरको उपाधि दीपेश क्षेत्रीले पाएका छन् ।

मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एसोसिएसनको आयोजनामा सम्पन्न सो प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य राजकाजी महर्जनले गरेका थिए । यसमा १५० देखि २५० सिसी सम्मका डर्ट बाइक कुदाइएको थियो । ब्यक्तिगत रुपमा प्रतिस्पर्धा भएको सो प्रतियोगितामा क्रसफायर, क्रस एक्स, होन्डा, रिजु, यूएम, एसियन बिस्ट र बीएसई आदि नेपालमा भएका सबै डर्ट बाइक कम्पनीहरुको सहभागिता थियो । प्रतियोगिताका लागि ६ सय मिटर लामो ट्रयाक निर्माण गरिएको थियो ।

प्रतियोगिताको मूख्य प्रायोजक एसियन अटोमोबाइल्स रहेको थियो । त्यसैगरी बाइकर्स नेपाल प्रायोजक तथा बीएसई कायो, क्लासिक ह्विल इम्पोर्ट एक्सपोर्ट र सत्यदीप इन्टरनेसनल यसको सह–प्रायोजक रहेका थिए । प्रतियोगितामा रेडबुल तथा क्यास्ट्रोल लुब्रिकेन्ट समेत पार्टनरको रुपमा रहेका थिए ।
उक्त रेस प्रतियोगितालाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) तथा नेपाल मोटरसाइकल फेडरेसनको समेत सहयोग रहेको थियो ।

विजेताहरुलाई नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा विभिन्न बाइक कम्पनी तथा एसेसरिजहरुको स्टल समेत राखिएको थियो ।

ललितपुरको सुनाकोठीस्थित मोटो ट्रयाकमा सो प्रतियोगिता सम्पन्न भएको गियर ग्याजेट्स नेपालका इभेन्ट म्यानेजर विनोद तण्डुकारले जनाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com