ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार्सिलोना, बायर्न, एट्लेटिको मड्रिड र टोटनह्याम विजयी, लिभरपुल र इन्टर मिलान पराजित


एबीसी / संवाददाता

काठमाडौं, २३ भदौ ।  च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लेजनलाई हराएको छ । गएराति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले प्लजेनलाई ५–१ गोलको अन्तरले हराएको हो ।

फ्रेन्की किसी र फेरान टोरेसले एकरएक गोल गरे । पाहुना टोलीका जान सिकोराले एक गोल फर्काए । समूह ‘सी’ मा बार्सिलोनाले सुखद सुरुवात गरेको छ । अर्को खेलमा टोटनह्यामले फ्रान्सेली क्लब मार्सेलीलाई २–० ले हराएको छ ।

टोटनह्यामका रिचर्डलिसनले अन्तिम समयमा दुई गोल गरे । समूह ‘डी’ मा टोटनह्यामले तीन अङ्क जोडेको छ । यो समूहको अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङले जर्मन क्लब फ्रेन्कफर्टलाई ३–० ले हराएको छ । च्याम्पियन्स लिग फुटबलको अर्को खेलमा इटालियन क्लब नापोलीसँग लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोलले हराएको हो । नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एकरएक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए । समूह ‘ए’ को पहिलो खेलमा लिभरपुलले खराब प्रदर्शन गरेको हो । नापोलीले तीन अङ्क जोडेको छ । त्यही समूहको अर्को खेलमा डच क्लब आजाक्सले रेन्जर्सलाई हराएर तीन अङ्क जोडेको छ ।

च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ । बायर्नले घरेलु टोली इन्टर मिलानलाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लिरोए सानेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको ६६औँ मिनेटमा डानिलो डी एम्ब्रुसोले आत्मघाती गोल गरे ।

अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–१ ले पराजित गरेको हो । एट्लेटिकोको जितमा मारियो हर्मोसो र एन्टोइन ग्रिजमनले गोल गरे । पोर्टोका मेटेअस युरिवेले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com