ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको पार्टी आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ला ?


एबीसी / संवाददाता

काठमाडौं २६ साउन । नेकपा एमालेबाट अलग भएर पार्टी गठन भएको १६ महिनामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले संसदीय चुनावको सामना गर्नु पर्दा पार्टीको ह्रैसियत के होला भन्ने चिन्ता बढेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावबाट राष्ट्रिय पार्टी बन्ने एकीकृत समाजवादीको लक्ष्य हुनु सामान्य भए पनि त्यतित्तकै चुनौति देखाएको छ हालै सम्पन्न स्थानीय निर्वाचनले । यो लक्ष्य चुनौतीपूर्ण रहेको स्वीकार गरेर नै अध्यक्ष नेपालले समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिइरहेका छन्।
पार्टीको आन्तरिक भेला तथा प्रशिक्षणमा नेपालले भन्ने गरेका छन्, ‘गठबन्धन भनेर त्यसमा मात्रै निर्भर नहुनुस्। समानुपातिक तर्फको मत बढाउनु पर्ने चुनौती हामीलाई छ। जनतालाई कलम चिन्हमा मतदानको निम्ति आकर्षित गर्नुस्।’
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे प्रावधान छ। त्यस प्रावधानअनुसार राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत मत कटाउनु पर्ने कानुनी व्यवस्था छ ।

एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनाउने गरी पार्टी पंक्तिलाई परिचालन गर्ने काम भइरहेको महासचिव बेदुराम भुसालले बताएका छन् ।
‘प्रतिनिधि सभाको निर्वाचनमार्फत् एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनाउन हामीले संगठनलाई परिचालन गरिरहेका छौं।जनवर्गीय संगठनलाई क्रियाशील राखेका छौं। समानुपातिकतर्फ मत अधिकतम् संकलन गर्ने हिसाबले प्रशिक्षणका काम भइरहेका छन्,’ भुसालले भने । तर पनि स्थानीय निर्वाचनको मत परिणामले नेपालको पार्टीलाई झस्काएको छ ।
स्थानीय चुनावमा एकीकृत समाजवादीको कति मत ?

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा एकीकृत समाजवादीको लोकप्रिय मत ३.६६ प्रतिशत छ। वडाध्यक्षमा खसेको सदर मत १ करोड १५ लाख ४ हजार ३८ मतमध्ये एकीकृत समाजवादीका उम्मेदवारले ४ लाख २२ हजार ७ सय ३७ मत पाएका छन्।
एकीकृत समाजवादीले देशभरि २ हजार ४१ वडामा उम्मेदवारी दिएको थियो। तीमध्ये १ सय ९० वडामा उसका उम्मेदवारले अध्यक्ष जितेका छन्। एकीकृत समाजवादीले सबैभन्दा धेरै मत मधेस प्रदेशमा पाएको छ। मधेसमा ७ सय ९ वडाध्यक्षमा उम्मेदवारी दिँदा ८० वडाध्यक्ष समाजवादीबाट विजयी भएका छन्। मधेसमा समाजवादीका वडाध्यक्ष उम्मेदवारले १ लाख ५८ हजार १ सय १ मत ल्याएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने आफ्नो पार्टीले ९ लाख बढी मत ल्याएको हावादारी भाषण गरिरहेको पनि सुनिन्छ ।
‘स्थानीय तहमा अरूबाट पनि मत पाएकाकाले आफ्नो पार्टीको मात्रै मत तीन लाख रहेको सचिव रामकुमारी झांक्रीले बताएकी छन् । पछिल्ला दिनमा झांक्री र नेपालका बीचमा दूरी मात्र बढेको छैन, आरोप प्रत्यारोप नै बढेको देखिएको छ । उनी मन्त्रीबाट हट्नुपर्दा समेत रोएर विचित्र दृश्य देखाएकी थिइन्।

स्थानीय चुनावमा एकीकृत समाजवादीले झन्डै दुई तिहाइ वडामा उम्मेदवारी दिएको थिएन। देशव्यापी संगठन भएको एमालेबाट छुट्टिएर बनेको पार्टी भएकाले एकीकृत समाजवादीका मतदाता देशैभरि छन्। उम्मेदवारी नदिएका वडामा आफ्नो मत अरू दललाई गएकाले लोकप्रिय मत बढ्ने एकीकृत समाजवादीको दाबी छ।
एमालेले पनि एकीकृत समाजवादीका कारण आफ्नो पार्टीको करिब पाँच लाख मत खोसिएको दाबी गर्दै आएको छ। प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा थप क्षति हुन नदिनका निम्ति एकीकृत समाजवादीबाट कार्यकर्ता तान्ने प्रयत्न एमालेले जारी राखेको छ।

एमालेले एकीकृत समाजवादीका जनवर्गीय तथा भ्रातृ संगठनबाट कार्यकर्ता तान्ने प्रयत्न गरिरहेको छ भने प्रतिनिधि सभामा टिकट दिने आश्वासन दिएर अहिलेका सांसदलाई पनि भित्र्याउन खोजिरहेको छ। चुनावअघि एकीकृत समाजवादीका सांसद एमालेमा फर्किए भने आगामी चुनावमा राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादीलाई चुनौती थपिने देखिन्छ।
राष्ट्रिय आवश्यकताका लागि एकीकृत समाजवादी गठन भएको हो। हाम्रा अघि केही चुनौती छन्। सबैको सामाना गर्दै हामी राष्ट्रिय दलको हैसियत प्राप्त गरेरै छोड्छौं,’ एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले भने।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झन्डै १ करोड ८२ लाख मतदाता छन्। राष्ट्रिय दल बन्न मतदानको दिन खसेको मतमध्ये कुल सदर मतको तीन प्रतिशत मत एकीकृत समाजवादीलाई आवश्यक पर्छ।
गएको स्थानीय निर्वाचनमा नेकाले ३४ प्रतिशत, एमालेले ३३ प्रतिशत र माओवादी केन्द्रले १३ प्रतिशत मत ल्याएको छ । राप्रपाले देशभर झण्डै ४ प्रतिशत मत ल्याएको छ भने जसपा र लोसपालाई समेत थ्रेस होल्ड कटाउने चिन्त छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com