काठमाडौँ, २२ साउन । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका छन् । उनले नियमित सरकारले जस्तो संसदलाई बिजनेस दिने विषय अनुचित भएको बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद ज्ञवालीले निर्वाचन घोषणा हुनु संवैधानिक विषय भएको र निर्वाचन घोषणालगत्तै कामचलाउमा परिणत भएको सरकारले नियमित जसरी अगाडि बढ्न नहुने बताए ।
निर्वाचनको मिति घोषणापछि कामचलाउ बनेको सरकारले संसदलाई बिजनेस दिन मिल्छ ? उनले भने, कामचलाउ बनेको सरकारले संसदलाई बिजनेस दिने र त्यो बिजनेस, नयाँ विधेयक दिने अनि यहाँ उठेका प्रश्नहरूको जवाफ दिने र छलफल गर्न मिल्छ रुु नियमित सरकारले जसरी संसद् चलाउन नमिल्ने उनको धारणा थियो ।लामो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र जबराविरुद्धको महाभियोग अगाडि नबढाएकोमा पनि ज्ञवालीले आपत्ति जनाए । त्यस्तो अभ्यासले नकरात्मक सन्देश जाने उनको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्