ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर साम्पाङविरुद्ध एमाले नेतृ भण्डारीले दिइन् साइबर ब्यूरोमा उजुरी


एबीसी / संवाददाता

काठमाडौं, १९ साउन ।  नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन्। मेयर साम्पाङको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनुले सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्टको स्क्रिनसट सम्प्रेषण गरेपछि बाध्य भएर साइबर अपराधविरुद्ध उजुरी दिनुपरेको भण्डारीले बताइन्। बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दे एमाले केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले मेयर साम्पाङले सम्प्रेषण गरेको स्क्रिनसट आफ्नो नभै फेक आइडि बनाएर गरेको कुकृत्य भएको पनि बताइन्।

यो अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन्। उनले भनिन्,‘योभन्दा अगाडि पनि मेयर हर्क साम्पाङले मेरो तस्बिर जोडिएको फोटो पोष्ट गरेपछि मैले साइबर क्राइमबारे सचेत गराएकी थिएँ। तर, उहाँले सच्चिनुको साटो झन् सामाजिक सद्भाव खलबलाउने गरि फेक आइडी बनाएर त्यसको स्क्रिम सर्ट पोष्ट गरेपछि म बाध्य भएर उजुरी दिनुपरेको हो।’

भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको बताइन्। धरानको सामाजिक सद्भाव खलल पुग्ने खालको कार्य भएकोले चुप लागेर बस्न नसकिएको पनि उनले बताइन्। ‘मेरो स्वभाव पनि त्यस्तो होइन, मेरो चरित्र पनि त्यस्तो छैन। आजसम्म मैले त्यस्तो केही गरेको छु र ?’ उनले भनिन्,‘जातीय द्वन्द्व निम्त्याउने किसिमको बिषयवस्तु राखेर फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोष्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ।‘

बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि भण्डारीको आरोप छ। उनले बराह पीडितहरु धेरै एमाले, कांग्रेस, माओवादी हुनसक्ने भएपनि पार्टीले राजनीतिकरण नगरेको र संलग्नता नरहेको पनि बताइन्। ‘बराहका बचतवकर्ताहरुले पैसा फिर्ता पाउनुपर्छ, बराहले इमान्दारिताका साथ फिर्ता गर्नुपर्छ,’उनले भनिन्।

आइतबार बराह सहकारीका सेयर सदस्य तथा वचतकर्ताहरु धरान उपमहानगरपालिकामा घेराउ गर्न पुगेका थिए। त्यसबेला मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै पीडितहरुले मेयरविरुद्ध नाराबाजी र कार्यकक्षको शिशा तोडफोडसमेत गरिदिएका थिए। उक्त घटनापछि मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले गएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरको उम्मेद्वार मञ्जु भण्डारीको प्रचार गरेको तस्बिरसहित पोष्ट गरेका थिए। यो तस्बिर पोष्ट गरेपछि मेयर साम्पाङ र नेकपा एमालेका नेता, कार्यकर्ताहरुबीच फेसबुक वार सुरु भएको थियो।

यता, मेयर साम्पाङ भने आफूले कुनै पनि पार्टीलाई दोष नदेखाएको बताए। आफ्ना अञ्जान समर्थकहरुले गरेको पोष्टहरुबारे आफू अनुभिज्ञ रहेको पनि उनले बताए। पूर्वउपमेयर भण्डारीको आइडि स्क्रिनसटबारे उनले भने, ‘जे लेखिएको छ त्यही पोष्टमा छ। मैले त जातीय बिद्धेषमा जानु हुँदैन भनेर भनेको छु।’ उनले आफू सामाजिक सञ्जाल प्रयोग गरेर नै चुनाव जितेर मेयर बनेको जिकिर गर्दै सामाजिक सञ्जालमा आफूलाई आक्रमण गर्नेलाई नछोड्ने बताए। ‘सामाजिक सञ्जाल प्रयोग गरेर नै म चुनाव जितेर आएँ, मलाई आक्रमण गर्नेलाई म छोड्छु त,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com