ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अमेरिकालाई एक चीन नीतिबारे सम्झाउनुपर्छ’


एबीसी / संवाददाता

काठमाडौं, ९ साउन  । चीन अधिनस्त प्रान्त ताइवान सम्बन्धमा विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच तनावको स्थिती पैदा भएको छ । एक चीन नीति विपरीत अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरिन् । जसबाट चीन शशंकित बनेको छ । रुस र युक्रेनबीचको युद्धले विश्व समुदाय चिन्ता बढ्दै गएका बेला अमेरिका र चीनबीचको यसखाले गतिविधिले तेस्रो शीतयुद्धको सम्भावना बढेको परराष्ट्र जानकारहरुले बताएका छन् । यी विषयमा पूर्वराजदूतहरु अजय शर्मा, दीपकुमार उपाध्याय र भूराजनीतिक विश्लेषक प्रा.डा. दिनेश पौड्यालसँग एबीसी विशेष टेलिभिजन कार्यक्रममा गरिएको संवादमा आधधारित आलेखः

अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत अजय शर्माले सयुक्त राष्ट्र संघमा सन् १९७१ को महासभामा एक चीन नीति पारित भएको बताए । उनले यो नीतिलाई सम्मान गर्नुपर्ने बताउदै अब अमेरिकालाई यो सम्झाउनुपर्ने धारणा राखे ।
उनले भने, “युएनले १९७१ मा जनरल एसेम्बलीले पारित गरेको वान चाइना पोलिसी रेक्पेक्ट गर्नुपर्छ भनेर रिमाइन् गराउनुपर्छ । युक्रेन र रसियाको मामिलामा र चीन र ताइवान सम्बन्धमा भिन्नताबीच अन्तर छ । महासभाले पारित भएकाले युएनको कर्तव्य पर्छ ।”

अमेरिकाले घोषितरुपमा एक चीन नीति नछोडेको भन्दै उनले चीनले नगर भन्दाभन्दा अमेरिकी सभामुख न्यान्सी पोलेसीले ताइवान भ्रमण गरेको उल्लेख गरे । एक चीन नीतिको रक्षा गर्नुपर्छ र त्यसका लागि अमेरिकालाई मनाउनुपर्छ, उनले भने ।

छिमेकी राष्ट्र चीनलाई चिढ्याएर वा टाढाको मित्र शक्ति राष्ट्र अमेरिकालाई चिढ्याएर नेपालको अस्तित्व नबच्ने उनको भनाइ छ । यसका लागि नेपाललले पञ्चशीलमा आधारित सिद्धान्तमा अघि बढ्नुपर्ने उनले बताए । सैन्य एलायन्समा सामेल नहुने कुरा पहिले नै स्पष्ट पार्न सक्नुपर्नेमा पनि उनले जोड दिए ।

लक्ष्मण रेखा नाघे क्षति हुन्छ

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले अमेरिका र चीनबीच उत्पन्न तनावलाई बुद्धिमतापूर्वक समाधान गर्नुपर्ने बताए । युद्ध नै हुने दुवैले क्षति नै व्यहोर्नुपर्ने कल्पना नगरेर केही घटना देखाउनलाई गरिएको पनि हुन सक्ने तर्क उनको छ ।

उपाध्यायले भने, “ताइवानको टेन्सनमा पनि नेपाल एक चीन नीति नै रहला । यसलाई बुद्धिमतापूर्वक समाधान गर्नु समयको माग हो, यसले क्षति हुनबाट जोगाउछ । हङ्कङमा चीनको जस्तो शासन कायम गर्छु भन्दा असर पर्छ । लक्ष्मण रेखा नाघ्नासाथ क्षति हुन्छ ।”

उनले सहजीकरणका लागि अपेक्षा मात्रै राख्न नहुने र गम्भिरतापूर्वक कुटनीतिक परिपक्वता अप्नाउनुपर्ने बताए । एमसीसी लगायतका प्रसंग जोड्दै उनले तर, हामी समाधान गर्छौ भन्ने हैसियतामा नरहेको समेत प्रष्ट पारे ।
कुटनीतिमा अरुलाई दोष दिन मिल्दैन । आफैं सहमतिमा भेटघाट गर्ने, अनि यसो ग¥यो, उसो ग¥यो भन्नु तुक रहँदैन । गठबन्धनका लगायत सबै पार्टीले राष्ट्रिय हितलाई सर्वोपरी राख्नुपर्ने उनले बताए ।

देशको राजनीतिक एवम् परराष्ट्र कुटनीति लगायतका क्षेत्रमा पारदर्शीताको कमीले झन्–झन् फसेर कमजोर भएको उनको बुझाइ छ । चीन र अमेरिकाबीचको शीतयुद्धको बाछिटा पनि नेपालमा बढ्दै गएको र यो कुराको हेक्का नेताहरुले राख्नुपर्ने उनको सुझाव छ ।

अब जे गल्ति भयो, अब नगरौं अनि विदेशीले पनि खेल्न सक्दैन । हामीलाई नै उपयोग गरेर खेल्ने न हो भन्ने बुझ्नुपर्छ । यसो भए राष्ट्रको अहित हुँदैन तर, अहित हुने बाटोमा गएकै जस्तो लाग्छ, उनले भने । हिनताबोध र लघुतावास नलिई अहिले परिपक्वतापूर्वक अवस्थालाई सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

शीत युद्ध उत्कर्षमा पुगिसक्यो

भूराजनीतिक विश्लेषक प्राध्यापक डा. दिनेश पौड्यालले करिब एक, डेढ वर्षदेखि देशको राजनीति निरन्तर चुक्दै र फस्दै आइरहेको भन्दै अमेरिका–चीन बीचको शीतयुद्ध उत्कर्षमा पुगेको बताए । एकातिर चीन र अर्कोतिर अमेरिकाले यसको नेतृत्व लिएको पनि बताए ।

पोड्यालले भने, “नेपाली जनताको शीर निहुराउने र नेपाल फस्दै गएको छ, एसपीपी, एमसीसी यताउताको यी सबै खुद्रा, मसिना खुड्किलाहरु हुन् । शक्ति राष्ट्रको चेपुवामा र आफ्नो पक्षमा नेपाललाई प्रयोग गरेको छ ।”

उनले यतिबेला राजनीतिक पक्ष, विपक्षमा हेरिन नहुने र देशको पक्षबारे सबैले हेर्नुपर्ने बताएका छन् । अमेरिकाको स्वार्थका लागि त्यसो भन्ने सामन्तवादी भूराजनीतिक चेतले देशको अस्तित्व र राष्ट्रियतामा असर पर्ने उनको भनाइ छ ।

देश, जमिन र जनताको व्यवस्थापन हो, जनसंख्याको कम्पोजिसन आउने परिवर्तनले भारततिरबाट नेपाल प्रवेश गर्ने र यसले जनघनत्वमा फरकपना ल्याउने उनले बताए । यो राष्ट्रियताका लागि घातक रहेको उनको भनाइ छ ।

सबैभन्दा ठूलो जनसंख्या भएको देशको बीचमा छौं, उत्तर प्रदेश र विहारको मास्तिर बसेका हामी, खुला भारतको जब की, सबै नेपाली भारत भएपनि केही फरक पर्दैन तर नेपालमा सानो नम्बरले फरक पार्छ, उनले भने ।

यस्तो अवस्थामा नागरिकता विधेयक बिहान पेश गरेर बेलुका पास गरिहाल्नुपर्ने कारण के थियो भन्ने प्रश्न उनले गरे । अघिल्लो दिन छलफल गरेर बिहान पेश र बेलुका पास गर्ने यसका कही न कही खोट छ, शक्ति केन्द्रको दबाबले यसो भयो । महिलालाई पूर्ण अधिकार दिने कुरामा यो विधेयक चुकेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com