ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किङ मेकर प्रचण्ड, ओलीसँग पुरोहित र देउवासँग राजगुरु – सीके लाल, राजनीतिक विश्लेषक (भिडियोसहित)


एबीसी / संवाददाता
श्रावण १३, २०७९ शुक्रबार   ११ : ०६   बजे

काठमाडौं, १३ साउन । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरु आफू पक्षिय परिणामको गठजोडमा जुटेका छन् । यतिबेला संसदीय निर्वाचनसम्म कस्तो खाले गठबन्धन वा नयाँ परिस्थिती बन्ला भन्ने समसामयिक राजनीतिक विषयमा विश्लेषण हुने गर्दछ । र यसको निर्णायक भूमिकामा भने सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् ।

राजनीतिक विश्लेषक सीके लालले देशको वर्तमान राजनीतिबारे विश्लेषण गर्दै माओवादी अध्यक्ष प्रचण्ड केपी ओलीसँग पुरोहित र शेरबहादुर देउवासँग राजगुरु भएको उपमा दिएका छन् । एबीसी टेलिभिजनको आउटलूक कार्यक्रममा उनले एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किङ् मेकरको भूमिका प्रचण्डले खेलेको भनाइ राख्दै त्यसो बताएका हुन् ।

उनले भने, “किङ मेकरलाई कसलाई राजा बनाउदा मान, सम्मान, लाभ हुन्छ । देउवालाई राजा बनाए पनि, ओलीलाई राजा बनाएर सार्वजनिक खपतका लागि जे सुकै कुरा गरेपनि थाहा छ कि, ओलीको पुरोहित, शेरबहादुर देउवाको राजगुरु भइन्छ । राजगुरुको सिंहासन छोडेर पिर्कामा बस्न को जान्छ ।” प्रचण्डलाई देउवासँग जान सहज हुने बताउदै उनले अहिले आन्तरिक राजनीतिक समिकरणको सम्भावना कम भएको बताए ।

हरेक पार्टीभित्र अमेरिकी प्रभाव

उनले देशको हरेक पार्टीमा अमेरिकाको प्रभाव रहेको बताएका छन् । अन्तराष्ट्रिय परिस्थितीमा प्रत्यक्ष सैनिकको कुरा उनले सशस्त्र संघर्षको व्यवस्थापनको बेला अमेरिकीभन्दा अलिकति हाबी दिल्ली र बेइजिङ भएको र अमेरिका ब्याक् बस्न बाध्य भएको बताए ।

“बेइजिङ छटपटीमा होला भन्ने लाग्दैन । प्राथमिकतामा धेरै माथि चाहि नेपाल भएको छ । नेपाललाई अप्ठ्यारो प¥यो भने राणाकालदेखि नै गुहार्ने हामीलाई नै हो थाहा छ । त्यसैले खुसी चाही राख्नुपर्छ भन्ने छ”, उनले भने ।
उनले घरमा आगो लाग्न थालेपछि नै दौडधूप बढ्ने भएको र नेपालप्रति अनय देशहरुको असमान्य रुची बढेको बताए ।

सामान्य अवस्था भए त, रुची पनि सामान्य हुन्छ, दुर्भाग्यवश जोखिम बढेको उनको भनाइ छ । जोखिममा पनि एउटालाई शंका लाग्यो भने सबैलाई शंका लाग्ने स्थिती बनेको उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group