ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किङ मेकर प्रचण्ड, ओलीसँग पुरोहित र देउवासँग राजगुरु – सीके लाल, राजनीतिक विश्लेषक (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १३ साउन । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरु आफू पक्षिय परिणामको गठजोडमा जुटेका छन् । यतिबेला संसदीय निर्वाचनसम्म कस्तो खाले गठबन्धन वा नयाँ परिस्थिती बन्ला भन्ने समसामयिक राजनीतिक विषयमा विश्लेषण हुने गर्दछ । र यसको निर्णायक भूमिकामा भने सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् ।

राजनीतिक विश्लेषक सीके लालले देशको वर्तमान राजनीतिबारे विश्लेषण गर्दै माओवादी अध्यक्ष प्रचण्ड केपी ओलीसँग पुरोहित र शेरबहादुर देउवासँग राजगुरु भएको उपमा दिएका छन् । एबीसी टेलिभिजनको आउटलूक कार्यक्रममा उनले एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किङ् मेकरको भूमिका प्रचण्डले खेलेको भनाइ राख्दै त्यसो बताएका हुन् ।

उनले भने, “किङ मेकरलाई कसलाई राजा बनाउदा मान, सम्मान, लाभ हुन्छ । देउवालाई राजा बनाए पनि, ओलीलाई राजा बनाएर सार्वजनिक खपतका लागि जे सुकै कुरा गरेपनि थाहा छ कि, ओलीको पुरोहित, शेरबहादुर देउवाको राजगुरु भइन्छ । राजगुरुको सिंहासन छोडेर पिर्कामा बस्न को जान्छ ।” प्रचण्डलाई देउवासँग जान सहज हुने बताउदै उनले अहिले आन्तरिक राजनीतिक समिकरणको सम्भावना कम भएको बताए ।

हरेक पार्टीभित्र अमेरिकी प्रभाव

उनले देशको हरेक पार्टीमा अमेरिकाको प्रभाव रहेको बताएका छन् । अन्तराष्ट्रिय परिस्थितीमा प्रत्यक्ष सैनिकको कुरा उनले सशस्त्र संघर्षको व्यवस्थापनको बेला अमेरिकीभन्दा अलिकति हाबी दिल्ली र बेइजिङ भएको र अमेरिका ब्याक् बस्न बाध्य भएको बताए ।

“बेइजिङ छटपटीमा होला भन्ने लाग्दैन । प्राथमिकतामा धेरै माथि चाहि नेपाल भएको छ । नेपाललाई अप्ठ्यारो प¥यो भने राणाकालदेखि नै गुहार्ने हामीलाई नै हो थाहा छ । त्यसैले खुसी चाही राख्नुपर्छ भन्ने छ”, उनले भने ।
उनले घरमा आगो लाग्न थालेपछि नै दौडधूप बढ्ने भएको र नेपालप्रति अनय देशहरुको असमान्य रुची बढेको बताए ।

सामान्य अवस्था भए त, रुची पनि सामान्य हुन्छ, दुर्भाग्यवश जोखिम बढेको उनको भनाइ छ । जोखिममा पनि एउटालाई शंका लाग्यो भने सबैलाई शंका लाग्ने स्थिती बनेको उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com