ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकमा कुरा गर्दै केशवलाई दैलेखबाट बुटवलमा भेट्न बोलाएपछि…


एबीसी / संवाददाता
श्रावण ११, २०७९ बुधबार  ७ : ४३ बजे

दाङ, ११ साउन ।  केही दिनअघि दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका– ३ का २७ वर्षीय केशव विकको चिनाजानी दाङ तुलसीपुर ७ की २६ वर्षीया निर्मला विकसँग फेसबुकबाट भयो। निर्मला विकले फेसबुकमा कुरा गर्दै यही गएको सोमबार केशवलाई बुटवलमा भेट्न बोलाइन्।

ती महिलाले भेट्न बोलाएपछि केशव सोमबार राति नै बुटवल आइपुगे। तर, ती महिलाले आफू लिन आउँन नसक्ने भन्दै आफन्तीलाई गाडीमा लिन पठाएको बताइन्। केशवलाई लिन बबई गाउँपालिका ४ निवासी ३५ बर्षीय लिला विक र सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती पुगे।गाडी लिएर पुगेका उनीहरुले केशलाई गाडीमा बसेलेर बुटवलबाट सिधै तुलसीपुर ल्याए। सोमबार राति नै तुलसीपुर ल्याएपछि सल्यानरोडस्थित युवम होटेलमा उनलाई बन्धक बनाएर राखियो।७ लाख रुपैँया दिएमात्रै छोड्ने भन्दै उनीसँग फिरौति मागे। त्यो सूचना दैलेखस्थित केशवको श्रीमतिलाई पुग्यो।

उनले तत्काल ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई मंगलबार दिउँसो खबर गरिन्। लगत्तै प्रहरीले २० मिनेटमै केशवलाई उद्दार गर्‍यो र घटनामा संलग्न रहेको भन्दै ६ जनालाई पक्राउ गर्‍यो।पक्राउ पर्नेमा लिला र नेवबहादुरसँगै तुलसीपुर– ७ निवासी २६ वर्षीया निर्मला विक, तुलसीपुर– ४ खाद्रेका २५ वर्षीय सुकलाल विक, कपिलबस्तु शिवराज नगरपालिका– ९ का २० वर्षीय मनोज थारु र गाडी चालक प्यूठान ७ घर भइ हाल तुलसीपुर– ६ बस्ने २४ वर्षीय जनक कुँवर रहेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालकाअनुसार युवतीको प्रयोग गरी पैसा असुल्न रणनीति यो समूहले बनाएको खुलेको छ। यसअघि अपहरित भएका केशव, मनोज थारू र सुकलाल बिकसँगै साउदीमा काम गर्दै आएका थिए। प्रहरीलाई केशवलाई अपहरण गरी ७ लाख मागेको भन्दै ६ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

गृहमन्त्रीमाथि प्रश्न- पहिले शेयर किन लुकाए ?, अहिले ऋण छ भनेर किन ढाँटे ?

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com