ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनाइँदै पुष्पलालको ४४औँ स्मृति दिवस


एबीसी / संवाददाता
श्रावण ७, २०७९ शनिबार  ९ : २८ बजे

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवस आज (शनिबार) मनाइँदैछ।

नेपालका कम्युनिष्ट पार्टीहरूले देशभरी नै पुष्पलालको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने कार्यक्रम तय गरेका छन्।

सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।

उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शव समेत नेपाल ल्याउन दिएको थिएन । वि।सं। १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न उनले राजनीतिक यात्रा शुरु गरेका थिए ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। उनले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए। उनले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइँ लडेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

गृहमन्त्रीमाथि प्रश्न- पहिले शेयर किन लुकाए ?, अहिले ऋण छ भनेर किन ढाँटे ?

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com