ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“केन्द्रीय समितिको बैठकमा माओवादी नेताले भने – आफ्नै खुट्टामा उभिऔँ, जीत निश्चित छ”


एबीसी / संवाददाता

काठमाडौं/   नेकपा (माओवादी केन्द्र)को बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन् ।

राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरुले पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, सहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै पार्टीको साङ्गठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने, त्यसो नगरेको खण्डमा पार्टीलाई आगामी दिनमा थप घाटा हुने उनीहरुको भनाइ थियो ।

आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले १० पृष्ठको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्यस्तै छलफलका लागि नौ वटा प्रस्तावसमेत पेस भएको छ ।

लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यले खुल्लारूपमा छलफलमा भाग लिएका छन् भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका छन् । उनीहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादी इमान्दर भए पनि नेपाली कांग्रेसले आफूलाई मात्रै फाइदा हुने गरी गतिविधि गरेको भन्दै आगामी दिनमा विचार पु¥याउनसमेत नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने, पार्टीको क्रान्तिकारी चरित्रलाई थप स्पष्ट पार्नुपर्ने, आफूले जितेका स्थानीय तहमा उदाहरणीय काम गर्नुपर्ने र जनतालाई नयाँ आधारमा सङ्गठित गर्नुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन् । यस्तै विभिन्न धारामा विभक्त भएको माओवादी आन्दोलनलाई नयाँ आधारमा सङ्गठित गर्नुपर्नेसमेत उनीहरुको भनाइ छ ।

छलफलमा भाग लिने केन्द्रीय सदस्यलाई अध्यक्ष प्रचण्डले दुई मिनेटको समय दिनुभएको भए पनि विषयवस्तुको गाम्भीर्यताका आधारमा १५ देखि २० मिनेटसम्म पनि धारणा राखेका थिए । खुल्लारूपमा छलफलमा सहभागी हुन पाएको भन्दै बैठकमा बोल्ने अधिकांशले पार्टी बनाउने सङ्कल्पसमेत गरेका थिए ।

केन्द्रीय सदस्य देवीप्रसाद ढकालले निकारागुवाको उदाहरण दिँदै त्यहाँको सान्डानिस्टा पार्टी शान्ति प्रक्रियामा आएपछि तीन पटक निर्वाचन हारे पनि सन् २००६ देखि लगातार विजयी हुँदै आएको र नेपालमा पनि माओवादीको विजय सुनिश्चित रहेको बताउनुभयो । उहाँले निर्वाचन हार्दैमा पार्टी नसकिने भन्दै आफ्नो सिद्धान्त र धार छाड्न नहुने बताउनुभयो ।

माओवादीले संविधान निर्माणपछि आमरूपमा जनतालाई प्रभावमा पार्ने गरी अभियान चलाउन नसकेको र पार्टीको छवि एउटाको पछि लागेर सरकारमा जाने बनेको भन्दै त्यसमा ‘ब्रेक थ्रु’ जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नै खुट्टामा उभिन सकेको खण्डमा माओवादीको जीत सम्भव रहेको र नेपाली जनताले पुनः अवसर दिने धारणा राख्नुभयो ।

माओवादीको पुनरोदय सम्भव छ भन्ने विश्वास नेता कार्यकर्ता र आम जनतामा जगाउन सकियो भने हरेक क्षेत्रमा जीत निकाल्न सकिने उहाँको भनाइ छ । त्यस्तै अखिल ९क्रान्तिकारी०का अध्यक्षसमेत रहनु भएका पञ्चा सिंहले विद्यार्थी सङ्गठनमा अराजकता देखिएको भन्दै त्यसको नियमनका लागि पार्टी नेतृत्वको ध्यानकर्षण गराउनुभयो ।

नेता हरिबोल गजुरेलले पार्टीको पदाधिकारी चयन तत्काल गर्नुपर्ने सुझाव नेतृत्वलाई दिनुभयो । उहाँले अराजकता र गुटबन्दी क्षम्य नहुने भन्दै त्यस्तो क्रियाकलापमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै बैठकमा नेताहरुले सरकार सञ्चालनलाई प्रभावकारी बनाउनुपर्ने र देशको सर्वाङ्गीण विकास र सुशासनको उदाहरण भनेकै माओवादी हो भन्ने सन्देश दिनुपर्नेमा जोड दिएका छन् ।

माओवादीले सरकार सञ्चालन गर्न पाएका सरकारहरूमा उदाहरणीय काम गर्नुपर्ने, त्यसका लागि पार्टीले केन्द्रदेखि प्रदेश र स्थानीय तहको सरकार सञ्चालनको प्रस्ट खाका बनाउन एक नीति सम्मेलन गरेर समाजवाद उन्मुख आर्थिक नीति तथा कार्यक्रम तय गर्ने र लागू गर्नुपर्नेमा नेताहरुको भनाइ थियो ।

आज बैठकमा नेताहरु गजुरेल, ओम शर्मा, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकीसहित ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठक पुनः भोलि ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com