ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रीय समिति बैठक आज पनि : पदाधिकारी चयन गर्ने सम्भावना कम


एबीसी / संवाददाता

काठमाडौ, २० असार ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

हिजोदेखि सुरु भएको बैठकमा प्रदेश नेताहरूले पालिका चुनावमा कांग्रेस इमानदार नभएको भन्दै कांग्रेस वा गठबन्धनको बलमा शक्ति आर्जन गर्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीलाई बलियो बनाउनका लागि केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग गरेका छन् । गठबन्धनमा जोड गर्दा पार्टी सङ्गठन कमजोर भएको उनीहरुको भनाइ छ ।

कांग्रेससँग गठबन्धन गर्दा उनीहरूको मत माओवादीको चुनाव चिह्नमा स्थानान्तरण गर्न कठिन भएको र स्थानीय नेताहरूले पनि केन्द्रको निर्णयलाई कार्यान्वयन गर्न नसकेको प्रदेश नेताहरुको भनाइ छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि पालिका चुनावमा कांग्रेस इमानदार र गम्भीर नभएको उल्लेख छ । प्रतिवेदनमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलबाहिर पनि गठबन्धन या तालमेल गर्न सकिने भनिएको छ ।

प्रदेशबाट रिपोर्टिङ गर्ने नेताहरूले पार्टीका सबै कमिटीलाई पूर्णता दिनुपर्ने माग गरेका छन् । गएको पुस तेस्रो हप्ता काठमाण्डौमा भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई चयन गर्दै अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो । अझैसम्म उपाध्यक्ष, महासचिव, सचिवलगायतका केन्द्रीय पदाधिकारी चयन भएको छैन ।

खासगरी महासचिवमा कसलाई ल्याउने भन्ने विवादले गर्दा माओवादी पदाधिकारीविहीन छ । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र वर्षमान पुन माओवादी महासचिवको प्रमुख दाबेदार छन् । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिए पनि कहिले निर्णय हुन्छ भन्ने निश्चित छैन ।

केन्द्रीय समिति बैठक भोलिसम्मको लागि बोलाइएको छ, तर यही बैठकले पदाधिकारी चयन गर्ने सम्भावना कम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com