ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्ज उपमहानगरपालिकाको सपथ ग्रहणमा अपमान गरेको जनप्रतिनिधिको आरोप


एबीसी / संवाददाता

नेपालगञ्ज, ८ जेठ । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा आफूहरुलाई अपमान गरेको केही जनप्रतिनिधिहरुले आरोप लगाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले राखेको स्वागत तथा सपथ ग्रहण कार्यक्रमको प्रक्रिया नमिलेको भन्दै २३ वडाध्‍यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई सँगै सपथ नगराई यथास्थानमा बसालेर अपामान शैलीमा सपथ ग्रहण गराएको जनप्रतिनिधिले आरोप लगाएका हुन् ।

यस्तै कार्यक्रममा ब्यानरसमेत नराखिएको र जनप्रतिनिधिलाई उपेक्षा गरेको भन्‍दै एमालेसहितका केही दलका जनप्रतिनिधिले सपथ ग्रहण कार्यक्रममार्फत अपमानित गरिएको वडा नम्बर ६ का वडाअध्यक्ष समिर प्रताप सिंहले बताउनुभयो ।

उहाँसँगै उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नं १८ का अध्यक्ष दिपक बर्मा लगायत नवनिर्वाचित वडा सदस्यले सपथ कार्यक्रममा मनोमानी चलेको आरोप लगाए ।
कार्यक्रम मार्फत नेपालगञ्ज उपमहानगरपालिकाका नव निर्वाचित मेयर प्रशान्त बिष्ट र उपमेयर कमरुद्दिन राईले सपथ लिएका हुन् । मेयर बिष्टलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ दिलाएका हुन् ।
त्यसपछि मेयर बिष्टले उपमेयर कमरुद्दिन राईसहित नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com