ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभरका १७ पालिकाको नतिजा : कांग्रेस र एमालेले जित्यो ६/६ पालिका


एबीसी / संवाददाता

काठमाडौं । आइतबार बिहानसम्म देशभरका १७ पालिकाको मतपरिणाम आएको छ । परिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ६–६ पालिकामा जित हात पारेका छन् ।
नेकपा माओवादी केन्द्रले तीन पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ । मधेसवादी र अन्य दलले खाता खोल्न सकेका छैनन्।
एमाले

शे–फोक्सुन्डो
डोल्पाको शे–फोक्सुन्डो गाँउपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भइसकेका छन्।

यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङबाहेक अरुको उम्मेदवारी परेको थिएन।

गुरुङ नेकपा एमालेका डोल्पाका उपसचिव हुन्। उनले गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटामा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको बताए।

गुरुङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्वाचित भएका छन्।

गुरुङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएको छ।

त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल निर्विरोध भएको छ। वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ।

त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल निर्विरोध भएको छ।

वडा नम्बर ७ मा पेमा छिरिङ गुरुङको प्यानल निर्विरोध भएको छ। त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल निर्विरोध भएको छ।

चामे
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्।

लो–घेकर दामोदरकुण्ड
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देव बहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भइन्।

०७४ को चुनावमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जितेका थिए। उपाध्यक्ष पद काँग्रेसले नै जितेको थियो। यसपटक एमाले र कांग्रेस दुवैले आफ्नो सिट सुरक्षित गरेका छन्।

२०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।

ङिस्याङ
एमालेले मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्। कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए।

उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाए।

वारागुङ मुक्तिक्षेत्र
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ।

एमालेका अध्यक्ष रिङजिन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका हुन्। अध्यक्षमा कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत मात्रै ल्याएका छन्।

उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी भएकी छन्। कांग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याएकी छन्। गाउँपालिकामा २ हजार ६११ जनसंख्या रहेको छ। कुल मतदाता २ हजार २४४ रहेका छन्।

शे–फोक्सुन्डो
त्यस्तै एमालेले डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकमा धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका थिए।

नेपाली कांग्रेस

मनाङको नार्पाभूमि
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। उनी १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन्।

खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन्। नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो। त्यसबेला यहाँ निर्विरोध निर्वाचन भएको थियो।

मुस्ताङको घरपझोङ
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्। लालचनले ७ सय ६० मत ल्याउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका छन्।

२०७४ मा नेकपा एमालेको तर्फबाट आस बहादुर थकाली विजयी भएका थिए।

उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन्। एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन्।

मनाङको नासोँ
मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। कांग्रेसबाट धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका हुन्। उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरेका छन्।

अध्यक्षमा एमालेका मनबहादुर गुरुङ ६४६ मत प्राप्त गरेका छन्। उपप्रमुख स्वतन्त्रबाट अर्विन गुरुङले ४९६ मत ल्याए।

गुल्मीदरबार
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सरोज कुमार थापा विजयी भएका छन्।

थापाले ६ हजार १६६ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण बहादुर भुसालले ५ हजार ६०२ मत हात पारे।

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन्।

नेकपा एमालेबाट वडा नम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधि पौडेल निर्वाचित भएका छन्।

रेसुङ्गा
गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ७ हजार ३ सय २० मत ल्याए ।

यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसकै अमृता देवी कुँवर ८ हजार ६ सय १९ मत ल्याएर विजयी भइन्।

उनलाई एमालेकी रिता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन्।

गन्यापधुरा
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

गन्यापधुराको अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेठी देउवा विजयी भएका हुन्।

नेपाली कांग्रेस बीपीका उम्मेदवार सुरेन्द्र मालीलाई पराजित गर्दै कार्की अध्यक्षमा विजयी भएका हुन्।

सहायक निर्वाचन अधिकृत दिलिप तामाङका अनुसार कार्कीले ३ हजार १८४ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी मालीले १ हजार ६०५ मत ल्याएका छन्।

नेकपा एमालेका इन्द्रबहादुर महरालाई पराजित गर्दै कांग्रेसकी सेठी उपाध्यक्षमा विजयी भएकी हुन्। उनले ३ हजार १३ मत ल्याउँदा महराले १ हजार ७०३ मत पाएका छन्।

गन्यापधुरा वडा नम्बर १ मा कांग्रेस बीपीका नरेश भण्डारी, २ मा कांग्रेसका मनोज देउवा, ३ मा चक्रबहादुर देउवा, ४ मा नरेश भट्ट र ५ मा चन्द्रप्रकाश रोस्यारा वडाध्यक्षमा विजयी भएका तामाङले जानकारी दिए।

माओवादी केन्द्र

जगदुल्ला
यो निर्वाचनमा स्थानीय तहमा नेकपा माओवादी केन्द्रले पहिलो जीत निकालेको हो डोल्पाबाट।

माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँ पालिकाबाट विजयी सुरुवात गरेको थियो।

उक्त पालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको हो।

आयोगका अनुसार पालिकाको अध्यक्षमा नारासिंह रोकाया ७ सय ७० मत ल्याएर विजयी भएका छन्।

यहाँ नेकपा एमालेका हेमबहादुर महतराले ७४६ मत ल्याउँदै पराजित भएका छन्।

यस्तै उपाध्यक्षमा पनि अमरिता बोहरा ७५९ मत ल्याएर विजयी भइन। पराजित एमालेकी चन्द्रावति थापाले ७४९ मत ल्याइन्।

जगदुल्लामा काङ्ग्रेस९एमाले९समाजवादी गठबन्धनविरुद्ध माओवादी केन्द्र एक्लै लडेको थियो।

यसैगरी उक्त पालिकामा माओवादी केन्द्रले ४, ५ र ६ गरी ३ वडा अध्यक्ष पनि जितेको छ।

नौमुले
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ।

एकीकृत समाजवादीसँग तालमेल गरेर उठेका माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकालेका हुन्।

त्यहाँका निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेले यसको पुष्टि गरेका छन्।

सुवेदीले ३ हजार २ सय मतसहित गाउँपालिका अध्यक्ष पद पक्का गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत ल्याए।

यहाँ एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत ल्याएका छन्। यो गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही २८ सय ३४ मतसहित विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ भोट ल्याइन्। उपाध्यक्षमा एमालेकी गीता चन्दको पक्षमा १९ सय १८ मत मात्रै पर्यो।

दैलेखमा माओवादी शान्ति प्रक्रियामा आएपछिका सबै चुनावमा एमाले विजयी हुने गरेको थियो।

दैलेखमा माओवादीले कुनै चुनाव जित्न सकेको थिएन। यसअघि वडाअध्यक्षसमेत नजितेको माओवादीले समाजवादीसँगको तालमेलपछि पहिलो पटक परिणाम आफ्नो पक्षमा पारेको छ।

अपिहिमाल
दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे ९बोहरा० एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पराजित गर्दै विजयी भएका हुन्।

एकीकृत समाजवादी

काइके
नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध भएका थिए। उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए। २०७४ मा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।

छर्का ताङसोङ

डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निर्विरोध भएका थिए। २०७४ मा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com