ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनाङका चार वटै पालिकाको नतिजा सार्वजनिक : नासोमा कांग्रेस विजयी


एबीसी / संवाददाता
बैशाख ३१, २०७९ शनिबार  १ : ४३ बजे

काठमाडौं, ३१ बैशाख ।  मनाङको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । चारमध्ये एमालेले दुई र कांग्रेसले दुई वटामा अध्यक्ष जितेको छ ।

पछिल्लो पटक नासो गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । नासो गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माले जानकारी दिनुभएको छ । त्यहाँ एमालेका अध्यक्षका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ ९ सय १३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४९६ मत प्राप्त गर्नुभयो ।

मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित हुनुभयो । उहाँले ८६१ मत प्राप्त गर्नुभएको छ । उहाँ प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङमा गुरुङ घलेले ७ सय १३ मत ल्याउनुभएको छ । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

चामे गाउँपालिकामा एमाले र नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी भएको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी हुनुभएको हो । उहाँले ३२० मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याउनुभयो ।

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनुभएको छ । उहाँले १५८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com