ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक अपील जारी गर्दै गठबन्धनले भने-निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित


एबीसी / संवाददाता
बैशाख २७, २०७९ मंगलबार  ९ : २७ बजे

काठमाडौं, २७ बैशाख । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित रहेको बताएको छ ।
मौन अवधि सुरु हुने केही घण्टाअघि एक अपील जारी गर्दै गठबन्धनले दुई दुईपटक संसद विघटन भएपछिको असहज परिस्थितिमा ‘संकिर्ण र निषेध’ को राजनीतिकाविरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन निर्माण भएको उल्लेख छ ।

गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट जारी वक्तव्यमा राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको उल्लेख गरिएको छ ।

प्रतिगमनविरुद्धको संघर्षको परिणाम नै मुलुकको राजनीतिले निकास पाएको ध्रुव सत्य भएको उल्लेख गर्दै गठबन्धनले भनेको छ, ‘असंवैधानिक रुपमा संसद विघटन गरिएपछि संघीय लोकतान्त्रिक गणतन्त्र, शक्ति पृथकीकरण, संविधानवादका मूल्य, मान्यता, मुलुकको स्वाभिमान र सुरक्षा जस्ता बिषयमा अनेक प्रश्न खडा भए । कोरोना महाव्याधिका कारण मुलुक यसै पनि मानवीय संकटको अवस्थामा थियो । पटकपटक संसद विघटनपछि दशकौं लडेर ल्याएको लोकतन्त्र संकटमा परी प्रतिगमनले फेरि टाउको उठाउने खतरा थियो । यी सबै परिस्थितिलाई सम्हालेर अघि बढ्नुपर्ने आवश्यकता गठबन्धन सरकारको थियो । स्थानीय निर्वाचन संघारमा आइसकेको अवस्थामा अब यो ऐतिहासिक अभिभारालाई पूरा गरी चुनौतीलाई अवसरमा बदल्ने दायित्व आम मतदाताहरूको काँधमा आएको छ ।’

विज्ञप्तिमा जनताले दिएको जिम्मेवारीलाई अवसरका रुपमा लिँदै मुलुकको वृहत्तर हितका खातिर जनभावना अनुरुप नेतृत्वदायी भूमिका निर्वाह गर्न लागि पर्ने प्रण समेत गरिएको छ । स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने दाबी सहित गठबन्धनले भनेको छ, ‘अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरूले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं ।’

गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको उल्लेखसहित विज्ञप्तिमा विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आंकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आह्वान गरिएको छ ।​

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com