ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन वर्षौंसम्म आवश्यक छ : प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता

काठमाडौँ, २३ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौंसम्म आवश्यक रहेको बताउनुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट आज यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “संविधानको हालको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ पनि मुलुकका लागि गठबन्धन आवश्यक छ । युरोपका कतिपय देशमा पनि यस खालको संस्कृति छ ।”

उहाँले सबै मिलेर सत्तागठबन्धनलाई सफल बनाउनु पर्नेमा जोड दिनुभयो । विगतमा आफू एक्लै निर्वाचनमा जाने रहर गर्दा पराजित भएको तथ्य पेश गर्दै सभापति देउवाले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको सुनाउनुभयो । कांग्रेसको केही समयअघि सम्पन्न १४औँ महाधिवेशनले पाँच दलीय गठबन्धनको आवश्यकता महसुस गरी सर्वसम्मतिले यससम्बन्धी प्रस्तावलाई पारित गरेको र केन्द्रीय समितिले पनि यसलाई अधिकार दिएको जानकारी दिनुभयो । “अहिले केही परस्पर विरोधी भावना भएकाले बखेडा झिकेका छन् । विगतमा विपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने यसको खिलाफमा छन्”, सभापति देउवाले भन्नुभयो ।

मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ र अर्को महानगर भरतपुर प्रमुखमा महिला उम्मेदवारलाई टिकट दिएर गठबन्धनले राम्रो काम गरेको बताउँदै उहाँले मतदातासमक्ष विजयी गराउन आह्वान गर्नुभयो । काठमाडौँ महानगरको प्रमुखको उम्मेदवार सिर्जना सिंहका सन्दर्भमा उहाँले कसैको घरमा विवाह गरेर बुहारी बन्नु उहाँको दोष नभएको र त्यसैका आधारमा अवसरबाट वञ्चित गर्न नहुने उल्लेख गर्नुभयो । त्यसैगरी भरतपुर महानगरका प्रमुखका उम्मेदवार रेणु दाहालले राम्रो काम गरेको प्रशंसा गर्दै उहाँले कहाँ जन्म हुने भन्ने कुरा कसैको हातमा नहुने हुँदा त्यस आधारमा आरोपित गर्न नहुने स्पष्ट पार्नुभयो ।

काठमाडौँ महानगरको समग्र व्यवस्थापनका सन्दर्भमा उम्मेदवार सिंहका तर्फबाट प्रस्तुत गरिएको प्रतिबद्धताको प्रसंशा गर्दै प्रधानमन्त्री देउवाले ६ महिनाभित्र यहाँको फोहोर व्यवस्थापन गरी सुन्दर नगरी बनाउने र त्यसबाट ऊर्जा उत्पादन गरेर चुल्हो बाल्न र सवारी साधनसमेत चलाउन सकिने बताउनुभयो । सो कार्यका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले केपी शर्मा ओली प्रधानमन्त्री रहँदा जनमानसमा डर, त्रास र आतङ्क रहेको स्मरण गर्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलको सहयोगमा आफू प्रधानमन्त्री भएपछि जनतामा त्रास हटेर खुसी भएको समेत जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “सत्ता गठबन्धन जिन्दावाद । सबै मिलेर सफल पार्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com