ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो


एबीसी / संवाददाता
बैशाख १३, २०७९ मंगलबार  ५ : ५५ बजे

काठमाडौं १३ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको थियो । सोमबारकै लय पछ्याउँदै नेप्सेमा मङ्गलबार पनि गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५।०२ अङ्कले ओरालो लागेको नेप्से परिसूचक दुई हजार ३७०।९९ मा थामिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७४ अङ्कले घटेर ४५२।९५ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । कूल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख १४ हजार ४१७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ७२ अर्ब ७२ करोड ९५ लाख ७० हजार हाराहारीमा ओर्लेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

उत्पादन १६।४३ र सामूहिक लगानी कोष ०।२५ अङ्कले उकालो लागेको छ । त्यस्तै, बैंकिङ ५।१३, व्यापार १०।५९, होटल तथा पर्यटन ३।७१, विकास बैंक ४२।०१, जलविद्युत् ४०।५, वित्त १७।६४, निर्जीवन बीमा १००।१६, अन्य ११।३६, लघुवित्त १३।५९, जीवन बीमा ९५।८५ र लगानी १।१ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड २१ लाख ८२ हजार बराबरको कारोबार भयो । त्यस्तै, अपि पावर कम्पनी रु चार करोड छ लाख ६२ हजार ६४८, नेष्डो समृद्ध लघुवित्त रु तीन करोड पाँच लाख ५५ हजार ६०९, अरुण भ्याली हाइड्रोपावर रु दुई करोड ९२ लाख ५९ हजार ७०७ र हिमालयन डिस्टिलरी रु दुई करोड ८५ लाख ५३ हजार ४६७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ९।९९ प्रतिशतले कमाए । घटेको बजारमा सो कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो । एनआइबिएल समृद्धि फण्ड दोस्रो ५।०६, किसान लघुवित्त ४।०२, एनआइबिएल प्रगति फण्ड ३।६७ र मेगा म्युचुअल फण्ड एक का लगानीकर्ताले ३।३४ प्रतिशतले कमाए । त्यस्तै, हिमालयन पावर पार्टनर ५।४१, मल्टिप्रपोज फाइनान्स ४।०२, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४।०२, माहुली लघुवित्त ३।७३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ३।४४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com