ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ : उद्योगी


एबीसी / संवाददाता
बैशाख १०, २०७९ शनिबार  १२ : ३२ बजे

काठमाडौं १० बैशाख । उद्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार यहाँ उद्घाटन समारोहमा बोल्ने वक्ताले नीतिगतरुपमा नै स्वदेशी औषधि उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने उहाँहरुको भनाइ छ ।
कतिपय देशले आफ्नो देशमा उत्पादन हुने औषधि आयातमा रोक लगाएको भन्दै उहाँहरुले नेपालमा पनि यसको सिको गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मागको ५० प्रतिशत धान्न सक्ने अवस्थामा नेपाली औषधि उद्योग पुगेको जनाउँदै स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्नसकेमा ९० प्रतिशत आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको नीति स्वदेशी उद्योगमैत्री हुनु प¥यो ।” जति पनि ऐन कानुन छन् ती उद्योग व्यवसाय प्रोत्साहन हुने गरी बन्नुपर्ने उहाँको भनाइ थियो । प्रतिकूलताका बीच नेपाली उद्योगले काम गर्नुपर्ने बाध्यता रहेको गोल्छाले बताउनुभयो ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले राज्यका तर्फबाट स्वदेशी उद्योगलाई अभिभावकत्व ग्रहण गरिदिनुपर्ने बताउनुभयो । औषधि उत्पादक सङ्घका अध्यक्ष डा प्रज्वलजङ्ग पाण्डेले नेपाली औषधि निर्यात हुन थालेको भन्दै सरकारले नीतिगतरुपमा नै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले सहयोग गरेमा ९० प्रतिशतभन्दा बढी औषधि यही उत्पादन गर्न सक्छौँ ।” सङ्घका निर्वतमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले औषधिमा विदेशमा भर पर्न नहुने भन्दै आत्मनिर्भर हुनका लागि सरकारी तवरबाट सहयोगको आह्वान गर्नुभयो । सबैले सुन्ने र हुन्छ भन्ने तर कसैले कार्यान्वयन नगर्दा नेपाली उद्योग समस्यामा रहेको उहाँको भनाइ थियो । सङ्घकै पूर्वअध्यक्ष दीपक दाहालले नेपालमा ७२ उद्योगले औषधि उत्पादन गरिरहेका र ३२ वटा स्थापनाको क्रममा रहेको जनाउँदै यहाँका उद्योगले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा विशेष ध्यान दिएको बताउनुभयो ।

अहिले केही उद्योगले ७५ प्रतिशतसम्म माग धान्न सक्ने भन्दै उहाँले यहाँ उत्पादित औषधि आयातमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो । भारत सरकारले भर्खरै मात्र औषधि उद्योगलाई भारतीय रुपैयाँ एक खर्ब ५० अर्ब अनुदान दिएको उहाँले सुनाउनुभयो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । सङ्घका महासचिव विप्लव अधिकारीले यस पटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अङ्गाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा सचेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उहाँको भनाइ छ ।

औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको उहाँले बताउनुभयो । नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब ९प्रयोगशाला०, मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासको प्रत्येक दुई वर्षमा एक्स्पो गरिँदै आएको छ । सन् २०२१ मा हुनुपर्ने एक्स्पो भने कोभिडका कारण हुन सकेको थिएन । यस पटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहेका छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुर्राष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहेका छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । सङ्घले आज राष्ट्रिय योजना आयोग, औषधि उत्पादक, बिक्रेता, पत्रकारुबीच अन्तक्र्रिया कार्यक्रम गर्दैछ । एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आबद्धता रहेको छ । एक्स्पोका ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com