ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरामा सन्तानसँगै गुमेको खुसी अझै फर्किएन


एबीसी / संवाददाता

काठमाडौं, ८ वैशाख । रामसती श्रीपाली उमेरले ४८ वर्ष काट्नुभयो । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा बस्दै आउनुभएका श्रीपालीको परिवारको आर्थिक अवस्था कमजोर भएपनि सन्तोष नै मानेर खुसीका साथ बसेका थिए । तर परिवारको त्यो खुसी २०७७ साल असार २५ गते रातिको पहिराले खोसिदियो । मध्यरातमा भीषण वर्षासँगै आएको पहिराले श्रीपालीको जेठा छोरा र जेठी छोरीसहित परिवारका आठ जनाको मृत्यु भयो । जेठा छोरा मिलन, बुहारी कमलासहित उनीहरुका एक÷एक छोराछोरी सुरज र सुरक्षा पनि पहिरामा गुमे । उता सोही रातिकै पहिरामा परेर मराङको राम्चेमा बस्दै आएकी जेठी छोरी सुपना लामगाडेसहित उनका दुई छोरा आशिष, आयुस र छोरी आयुसाको मृत्यु भयो । ‘‘के भयो भयो, दुस्मनले जसरी पहिराले मेरो परिवारमा उठिबास लगायो, जेठा छोराको वंश नै सकियो, जेठी छोरी पनि आफ्ना छोराछोरीसहित पहिरामा पुरिइन, यस्तो विपत्तिको चोट अरुलाई नपरोस्’’, उहाँले भन्नुभयो ।

पहिरा गएको रातको त्यो काहालीलाग्दो क्षण सुनाउन खोज्दा रामसतीका आँखा आँशुले भरिएका थिए । मनमा कहिल्यै नमेटिने चोट दिएको त्यो क्षण सुन्नेका लागि कहानी जस्तो लागे पनि उहाँका परिवारका लागि भने वास्तविक घटना हो, भोगाइ हो । त्यो रातको पहिराले मराङको विभिन्न स्थानमा १९ जनाको मृत्यु, दुई बेपत्ता, मालिका गाउँपालिका–१ बिममा आठको मृत्यु एक बेपत्ता र दुखुमा एक जना बेपत्ता भएका थिए । पहिराले गाउँ क्षतविक्षत् बनाएको थियो नै, त्यसैमा श्रीपाली परिवारलाई पनि थिलोथिलो बनाएर छाड्यो । पहिराले करिब दुई वर्षअघि सन्तानसँगै खोसिएको श्रीपाली परिवारको खुसी त अब फर्किंदैन नै, तर दैनिकीलाई पुरानै लयमा फर्काउन समेत कठिन छ । पहिराले उठिवास लगाएको परिवारलाई सम्हाल्न श्रीपालीलाई मुस्किल परेको छ । आफन्त गुमाएको पीडा त छँदै छ, त्यसैमा पनि परिवार चलाउने आय–आर्जनको आधार नभएकाले यो परिवार आर्थिक सङ्कटको भुमरिमा छ । सन्तान गुमाएको पीडाबाट सम्हालिएर अघि बढ्नुपर्ने अवस्थाको सामाना गरिरहनुभएकी श्रीपालीले पाँच वर्षअघि नै श्रीमान् गुमाइसक्नुभएको थियो ।
सिकर्मीको काम गरेर घरपरिवारको पालनपोषण गदै आउनुभएका घरमुली नरबहादुर श्रीपाली बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको थियो । ‘‘टाइफाईड भएर बेनी हुँदै मनिपाल पु¥यायौ, रोगले चापेको रहेछ, आइसीयू कक्षमै करिब एक महिना भर्ना गरेर उपचार पनि ग¥यौँ, रु साढे ४ लाखभन्दा बढी सकियो, तर उहाँलाई बचाउन सकिएन’’, रामसतीले भन्नुभयो । ऋण नै खोजेर उपचार गरेपनि घरमुली नरबहादुरको मृत्यु भएपछि जेठा छोरा मिलन कतार गए । विदेशबाट फर्किएपछि फेरि विदेश नै जाने योजनामा थिए उनी । विदेश गएर घरपरिवारको व्यवहार मिलाउने उनको सपना उनीसँगै पहिराले बगायो । रामसतीले अहिले गाउँमा अर्काको घर र सानो बारी किनेर परिवारको बसोबासको प्रबन्ध गर्नुभएको छ । सकारले दिएको राहत रकममा थपथाप पारेर ओत लाग्ने ठाउँ बनाए पनि परिवारको दैनिकीलाई सहज बनाउन नसकिएको उहाँको भनाइ छ । उहाँको परिवारलाई स्थानीय सरकारको समन्वयमा म्याग्दी प्रवासी नेपाली सङ्घ९मोना०ले पहिरा पीडितको लागि बनाएको एकीकृत बस्तीमा सानो घर पनि उपलब्ध गराइएको छ ।
जीवनमा विरलै कसैले व्यहोर्ने वियोगको सामना गर्नुभएकी उहाँ अहिले स्कुले उमेरका ११ वर्षीय कान्छा छोरा सफल र नौ वर्षीया कान्छी छोरी शिखाको पढाइ खर्च जुटाउनसमेत निकै सङ्घर्षको भूमरीमा पर्नुभएको छ । स्थानीय राम्चे आधारभूत विद्यालयमा सफल कक्षा ४ र शिखाले कक्षा ३ मा पढ्छन् । पहिराले उनीहरुको आफन्त खोसेर लग्यो भने उनीहरुमा मनोवैज्ञानिक रुपमा त्रास र भयको छापसमेत छाडेको छ ।

पहिरामै परेर घाइते भएका सफललाई पोखराको मणिपाल अस्पतालमा पु¥याएर उपचार गरी बचाइएको थियो । ‘‘एक्कासि घर बगायो, मैले त आकास नै खसे जस्तो देखेँ, पछि पहिराले बगाएपछि केही थाहा पाइन, हात, कम्मर र टाउकोमा लागेको चोटको उपचारपछि निको भयो, आजभोलि पनि त्यो दिन सम्झँदा डर लाग्छ’’, सफलले पहिरा जाँदाको रातको घटना सुनाउनुभयो । माइली छोरीको विवाह भइसकेको छ । साइला छोरा दीपक र माइला खगिनले मजदूरी गरी घरखर्च जुटाउँदै आएको रामसतीले बताउनुभयो । ‘‘स्कुल पढ्ने उमेरका छोराछोरीको पालनपोषण गर्न निकै कठिन भएको छ, अझ माथिल्लो कक्षामा पुगे भने कसरी पढाउने होला, अरु छोराछोरीले आर्थिक अवस्था कमजोर भएर पढ्न पाएनन्, यी दुई छोराछोरीलाई कम्तीमा पढाउन पाए हुन्थ्यो’’, लामो सास फेर्दै उहाँले सुनाउनुभयो । विपद्ले निम्त्याएको वियोग, सङ्कट र समस्याको भूमरीमा हिम्मतका साथ अगाडि बढे पनि रामसतीको परिवारको दैनिकी लयमा फर्किनसकेको छैन् । रामसती आफै पनि स्वस्थ हुनुहुन्न ।

पटक–पटक बिरामी भइरहने भएकाले मजदुरी गर्न नसक्दा साहिलो र माहिलो छोराको भरथेकमा परिवारको खर्च जोहो गर्नुपर्ने बाध्यता छ । ‘‘छोराछोरी साना छन, मेरो स्वास्थ्य बिग्रिएको कुरा सुनाउन पनि त सक्दिन, अखिर के रहेछ र जिन्दगी रु मान्छे भएर जन्मेपछि दिन घचट्ने, काल पर्खिनु त रहेछ नी रु’’, उहाँले मनभित्रका पीडा सुनाउनुभयो । यता घरमा यस्तो विपत्ति आइपर्दा रामसतीका जेठी छोरीका श्रीमान् ओमप्रसाद लामगाडे वैदेशिक रोजगारको क्रममा साउदीमा हुनुहुन्थ्यो । घरमा श्रीमतीसहित छोराछोरी र ससुरालीमा समेत जेठा दाइको परिवार नै पहिराले पुरिएको खवर सुनेपछि विछिप्त हुनुभएका ओमप्रसाद गाउँ फर्किएर विगतको अकल्पनीय पीडा भुल्न खोजेपनि परिस्थिति सजिलो बनिदिएको छैन् । बाढीपहिरा पीडितका लागि बनाइएको एकीकृत बस्तीमा दुई कोठा भएको साघुँरो घरमा परिवारका आठ जनाको बसोबास सहज नभएको उहाँको भनाइ छ । ‘‘बस्ने घर र कमाएर खाने बारी पनि बाँकी राखेन, यहाँ साँघुरो घरमा सधैँभरी यसरी नै बसेर जीविका चलाउने अवस्था पक्कै सम्भव छैन, यहाँ आय–आर्जनका लागि रोजगार पनि छैन, केही समयपछि फेरि विदेशतिर नै जाने होला’’, उहाँले भन्नुभयो ।

मराङमा पहिराले पूर्ण रुपमा क्षति भएका १० परिवारलाई म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० र १० घर सरकारी तवरबाट एकीकृत बस्तीको रुपमा निर्माण गरी पीडितलाई उपलब्ध गराइएको धवलागिरि गाउँपालिका–६ मराङका वडाध्यक्ष राजाराम उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार, तीन घरले आफै घर पुनःनिर्माण गरी बस्नुभएको छ । पहिरापछि लामो समय त पालमुनी नै बसेका पीडित घर बनेर सुरक्षित आवासमा बस्न थालेपछि खुसी भएका छन् । सरकार र मोनाको पहलमा घर बनेपछि तत्कालको लागि पीडितलाई राहतको महसुस भएको राम्चे आधारभूत विद्यालयकी शिक्षकसमेत रहनुभएकी सविना विकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com