ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेस प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झ¥यो


एबीसी / संवाददाता
बैशाख ८, २०७९ बिहीबार  १ : २५ बजे

काठमाडौं, ८ वैशाख । मधेस प्रदेशमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झरेको छ । केही दिनदेखि निरन्तर घट्दै गएको कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या मधेस प्रदेशमा चार जना मात्र छन् । चारै जना होमआइसोलेशनमा रहेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना महामारी सुरु भएयता मधेस प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकामा ४० हजार ३५१ जना उपचारपश्चात निको भएर घर फर्किएका छन् । सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ गरी एक हजार ६२ जनाको मृत्यु भइसकेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै मधेस प्रदेशमा करिब ७३ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार तथा स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

सम्बन्धित

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

प्रहरी परिसरमा लेखकको बयान सुरू

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com