ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बारको नेतृत्वका लागि आज मनोनयन दर्ता हुँदै


एबीसी / संवाददाता

काठमाडौँ, २३ फागुन । नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत आज (सोमबार) उम्मेदवारहरुको मनोनयन दर्ता गरिँदैछ । चैत १९ गते हुने निर्वाचनका लागि बारले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकेको छ । निर्वाचनका लागि गठबन्धन र एमाले समर्थितको अलग कलग प्यानल दर्ता हुने भएको छ ।

यद्यपि, अध्यक्षको उममेदवार को हुन्छ भन्ने अझै टुंगो भइसकेको छैन । गठबन्धनमा कांग्रेस समर्थित प्रजातान्त्रिक कानून व्यवसायी संघ, डीएलएको नेतृत्वमा चुनावमा जाने सहमति भने भएको छ । उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दावी विरोध समय मंगलवार दिउँसो २ बजेसम्मका लागि तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली भने फागुन २५ गते प्रकाशन गर्ने नेपाल बारको सूचनामा उल्लेख छ । देशभरका ३५ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । एक अध्यक्ष, ८ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन हुन लागेको हो । यसैबीच, निर्वाचन समितिले अध्यक्षका लागि ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ । उपाध्यक्ष, महासचिव र कोषाध्यक्षले ३५र३५ हजार तथा सदस्यका लागि २५ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com