ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नोबेल मेडिकल कलेजका १० विद्यार्थीद्धारा माइतीघरमा अनसन


एबीसी / संवाददाता

काठमाडौँ, १९ फागुन । कलेज स्थानान्तरणको माग गरेका नोबेल मेडिकल कलेजका १० जना एमबीबीएस अध्ययनरत विद्यार्थीले काठमाडौंमा रिले अनसन सुरु गरेका छन् । अतिरिक्त शुल्क लिएको विरोधमा कलेजविरुद्ध आन्दोलन गरेका उनीहरुले आफूहरुलाई नोबेलमा सुरक्षा खतरा रहेको भन्दै अन्य कलेजमा स्थनान्तरण गरिदिन चिकित्सा शिक्षा आयोग लगायतका निकायसँग माग गरेका थिए । तर माग सुनुवाइ नभएपछि रिले अनसनमा बसेको एक विद्यार्थीले बताएका छन् ।

‘नोबेलमा जान हामीलाई थ्रेट छ,’आन्दोलनरत एक विद्यार्थीले भने,‘स्थानान्तरणको माग सम्बोधन नभएपछि पुनस् आन्दोलनमा छौं ।’ नोबेल मेडिकल कलेज प्रशासनले लिने अतिरिक्त शुल्कको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । अंशिक माग सम्बोधन भएपछि अधिकांश विद्यार्थी नियमित कक्षामा सहभागी छन् । आन्दोलनको अगुवाइ गरेका १० जना विद्यार्थीले भने सुरक्षा खतरा रहेको बताएका छन् । माघ ७ गते एमबीबीएस प्रथम वर्षका १४ विद्यार्थीले कलेज स्थानान्तरणका लागि शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । ती मध्ये चारजना पनि कक्षामा फर्किएका छन् । अरु १० जना भने विराटनगर फर्किएका छन् ।

‘अग्रपंतिमा बसेर आन्दोलन गरेका विद्यार्थीमाथि कलेज प्रशासनबाट थ्रेट छ,’ आन्दोलनमा रहेका एक विद्यार्थीले भने,‘विराटनगरमा जोखिम मोलेर पढ्न सक्दैनौं ।’ स्थानान्तरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर आग्रह गरेका थिए । सुरुमा स्थानान्तरण गरिदिने वचन दिएका देउवाले अझै काम नगरेको उनीहरूको गुनासो छ । ‘शिक्षामन्त्रीले अहिले भेट दिनुहुन्न,’ उनीहरूले भने,‘ पढाइ छुटेको धेरै भयो, सरकारले हाम्रो कुरा सुनेन ।’ गत पुस पहिलो सातादेखि एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ । स्थानान्तरण नहुँदा आफ्नो पढाइ बिग्रिएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com