ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नोबेल मेडिकल कलेजका १० विद्यार्थीद्धारा माइतीघरमा अनसन


एबीसी / संवाददाता
फाल्गुन १९, २०७८ बिहीबार  २ : १९ बजे

काठमाडौँ, १९ फागुन । कलेज स्थानान्तरणको माग गरेका नोबेल मेडिकल कलेजका १० जना एमबीबीएस अध्ययनरत विद्यार्थीले काठमाडौंमा रिले अनसन सुरु गरेका छन् । अतिरिक्त शुल्क लिएको विरोधमा कलेजविरुद्ध आन्दोलन गरेका उनीहरुले आफूहरुलाई नोबेलमा सुरक्षा खतरा रहेको भन्दै अन्य कलेजमा स्थनान्तरण गरिदिन चिकित्सा शिक्षा आयोग लगायतका निकायसँग माग गरेका थिए । तर माग सुनुवाइ नभएपछि रिले अनसनमा बसेको एक विद्यार्थीले बताएका छन् ।

‘नोबेलमा जान हामीलाई थ्रेट छ,’आन्दोलनरत एक विद्यार्थीले भने,‘स्थानान्तरणको माग सम्बोधन नभएपछि पुनस् आन्दोलनमा छौं ।’ नोबेल मेडिकल कलेज प्रशासनले लिने अतिरिक्त शुल्कको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । अंशिक माग सम्बोधन भएपछि अधिकांश विद्यार्थी नियमित कक्षामा सहभागी छन् । आन्दोलनको अगुवाइ गरेका १० जना विद्यार्थीले भने सुरक्षा खतरा रहेको बताएका छन् । माघ ७ गते एमबीबीएस प्रथम वर्षका १४ विद्यार्थीले कलेज स्थानान्तरणका लागि शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । ती मध्ये चारजना पनि कक्षामा फर्किएका छन् । अरु १० जना भने विराटनगर फर्किएका छन् ।

‘अग्रपंतिमा बसेर आन्दोलन गरेका विद्यार्थीमाथि कलेज प्रशासनबाट थ्रेट छ,’ आन्दोलनमा रहेका एक विद्यार्थीले भने,‘विराटनगरमा जोखिम मोलेर पढ्न सक्दैनौं ।’ स्थानान्तरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर आग्रह गरेका थिए । सुरुमा स्थानान्तरण गरिदिने वचन दिएका देउवाले अझै काम नगरेको उनीहरूको गुनासो छ । ‘शिक्षामन्त्रीले अहिले भेट दिनुहुन्न,’ उनीहरूले भने,‘ पढाइ छुटेको धेरै भयो, सरकारले हाम्रो कुरा सुनेन ।’ गत पुस पहिलो सातादेखि एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ । स्थानान्तरण नहुँदा आफ्नो पढाइ बिग्रिएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com