ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी विमानहरुका लागि अमेरिकी आकाशमा प्रतिबन्ध


एबीसी / संवाददाता

काठमाडौँ, १८ फागुन । अमेरिकाले रुसी विमानहरुलाई अमेरिकी आकाशमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
अमेरिकी कंग्रेसलाई नेपाली समय अनुसार आज बिहान सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले रुसका लागि अमेरिकी आकाश बन्द गरिएको बताउनुभएको हो ।

स्टेट अफ युनियन एड्रेस भनिने वार्षिक सम्बोधनका क्रममा बाइडेनले रुसले विना कारण युक्रेनमाथि हमला गरेको भन्दै त्यसको मूल्य रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चुकाउनुपर्ने चेतावनी पनि दिनुभयो । युक्रेनको सहयोगका लागि नाटोले सेना नपठाउने दोहोर्‍याउँदै उहाँले पुटिनले अमेरिकासहित पश्चिमा शक्तिहरुले कसरी जवाफ दिन्छन भन्ने कुराको नजर अन्दाज गरेको पनि बताउनुभयो । बाइडेनले रुस विश्वबाट अलग्गिएको भन्दै रुसी अर्थतन्त्र पूर्ण रुपमा बर्वाद हुने ठोकुवा पनि गर्नुभयो । नाटो गठबन्धनमा आवद्ध कुनै पनि भूमिमा कसैलाई कब्जा गर्न नदिने प्रतिवद्धता ब्यक्त गर्दै उहाँले जुनसुकै मूल्य चुकाएर भए पनि एक ईञ्च भूमि गुम्न दिइने छैन भन्नुभयो । रुसी शासक र तिनीहरुका सहयोगीका निजी सम्पति पनि जफत गरिने उद्घोष पनि राष्ट्रपति बाइडेनले गर्नुभएको छ । देशको आर्थिक अवस्थाको बारेमा बोल्दै उहाँले कारोनाका कारण अर्थतन्त्रमा समस्या आए पनि त्यसको क्षतिपूर्तिका लागि कसैको बेतनमा कटौती नगरिने स्पष्ट पार्नुभयो । बरु सरकारले आफ्नो खर्च कम गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com