ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेवाः समुदायमा आज सन्ध्याकालमा सिल्लाचःह्रे मनाईदैँ


एबीसी / संवाददाता

काठमाडाै, १७ फागुन । आज देशभर महाशिवरात्रि तथा सेना दिवस सँगसँगै सिल्लाचःह्रे पनि मनाईदैँछ । महाशिवरात्रिलाई नेवाः समाजले सिल्लाचःह्रे पर्वका रूपमा मनाउँदै आएको छ । नेवाः समुदायले सन्ध्याकालमा मनाउने गर्दै आएका तिथि चाडबाडमध्ये पाहाचःह्रे तिथिमा सन्ध्याकालमा लुकुमाद्यः पूजा गरेर पर्व मनाएर भोज खाने, सानो म्वहनी नखःका रूपमा रहेको चथाः पर्वमा राति आकाशमा चन्द्रमा उदय भएपश्चात् मात्र चथाः पूजा गरी चथाः पर्व मान्ने गर्छ । त्यस्तै नै लक्ष्मी पूजा र म्हपूजा पनि बेलुकामात्र गर्ने परम्परा छ । यसरी नै बेलुकी मनाउने एउटा पर्व शिवरात्रि (सिल्लाचःह्रे) तिथि पनि हो ।

चन्द्रमान अनुसारको नेपालसंवत्‌काे पञ्चाङ्गको बाह्रमासमा अर्थात् वर्षभरिमा बाह्रचःह्रे (चतुर्दशी) तिथि पर्व रहेका हुन्छन् । बाह्रचःह्रे तिथिहरूः बालाचःह्रे, दिशीचःह्रे, लैचःह्रे, सिलाचःह्रे, पाहाचःह्रे, मातातिचःह्रे, सिथिचःह्रे, दिल्लाचःह्रे, जुगःचःह्रे, नलास्वनेचःह्रे, स्वन्तिचःह्रे तथा अधिकमास (मलमास/पुरुषोत्तम महिना) को अनलाचःह्रे । यी बाह्रचःह्रे तिथिमध्येमा मङ्सिर कृष्ण चतुर्दशी (बछलागा) को बालाचःह्रे, चैत कृष्ण चतुर्दशी (चिल्लागा) को पाहाचःह्रे र फागुण कृष्ण चतुर्दशी (सिल्लागा) को सिल्लाचःह्रे समेतका तीन तिथिलाई विशेष पर्वका रूपमा नेवाः समुदायले मान्दै आएको छ । नीलकण्ठ भोलेबाबा उत्पत्ति भएको दिन सिल्लाचःह्रेलाई नेवाः समुदायले सिलाचा च्वनेगु पनि भन्ने गरेको देखिन्छ । “सिलाचा’’ शब्दलाई खोतलेर हेर्ने हो भने “ला’’को अर्थ महिना र “चाः’’ को अर्थ रात्रि अथवा रातमा जाग्राम बस्ने भन्ने देखिन्छ । शिव उत्पत्ति भएको पवित्र रातमा धुनी जगाई जाग्राम बसेर शिव उपासना गर्न यस दिन बिहानदेखि नै युवा चोक–चोकमा बसी बाटोमा आवतजावत गर्ने सबै बटुवालाई बाटो छेकेर जगाः याने शिवरात्रिको कर लिने गर्छन् ।

सानासाना नानी पनि पसल–पसल र घर–घर गएर नेवाः भाषामा गाउँदै “महाद्यःया इकुल, गणेद्यःया चिकुल, धर्म दुसा सिँ छका फ्वने हिँ‘ त्यस्तै सिल्लाचःह्रे ।।। सिलाचा च्वनेत सिँ निका हिँ, मब्यूसा खवः सिँ तय्, सिलाचा पनेत सिँ निका हिँ, महाद्यःया चिकुल, मब्यूसा खवः स्वाय् काःयने’’ भन्दै घर–घरमा गएर काठ–दाउरा माग्न जाने परम्परा छ । दिनभरि उठाएका जगाःको पैसाले राति ठुल्ठूला मुडा काठहरू ल्याई धुनी जगाएर शिवपूजा गरी भुटेको मकै, भटमास चढाएर प्रसाद ग्रहण गर्छन् । शिवरात्रिको धुनीमा उखु पोलेर पट्काएर प्रसादका रूपमा खाएमा रोग लाग्दैनन् भन्ने विश्वास गरिन्छ । तर, आजभोलि भने शिवरात्रिमा नेवाःभन्दा गैरनेवाः युवा तथा नानीहरू बाटो छेक्दै बटुवा र सवारीचालकबाट बलजफ्ती पैसा उठाउने कार्यसमेत देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com