ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने


एबीसी / संवाददाता
फाल्गुन १०, २०७८ मंगलबार  २ : ४४ बजे

कञ्चनपुर, १० फागुन । कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो ।

सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिनुभयो । कोरोनाले गर्दा खेल अवरुद्ध भएको समयमा पुनः खेलकूदको माहौल बनाउन प्रतियोगिता सञ्चालन गरिन लागेको उहाँले बताउनुभयो । महेन्द्रनगरको खुलामञ्चमा र कबर्डहलमा गरी दुई ठाउँमा खेल हुनेछ । प्रतियोगीतामा कैलाली र कञ्चनपुरबाट २० टिमको सहभागिता रहने स्टार प्रोड्क्सनका अध्यक्ष अक्षत पाण्डेयले जानकारी दिनुभयो । सो प्रतियोगितामा विजयी टिमलाई नगद रु एक लाख पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वितीय टिमलाई नगद रु. ५५ हजारसहित नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । म्यान अफ द सिरिजलाई रु. पाँच हजार ५००, बेस्ट ब्याट्सम्यानलाई रु तीन हजार ५०० तथा प्रतियोगिताका बेस्ट बलरलाई रु. तीन हजार ५०० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com