ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


एबीसी / संवाददाता
फाल्गुन ३, २०७८ मंगलबार  ४ : ३७ बजे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर दुई हजार ७५४.२८ र ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १०.८३ अङ्कले बढेर ५२२.१३ पुगेको छ । सोमबार सामान्य अङ्क(०.०८)ले बढेको नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेपनि कारोबार रकम भने घटेको छ । आज कूल २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर रु तीन अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेमा कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य उकालो लागेका छन् ।

जसमा बैंकिङ १४.५७, व्यापार ३९.०९, होटल तथा पर्यटन ४९.८२, विकास बैंक १२७.३५, जीवन बीमा १८७.०३, जलविद्युत् १३८.१२, वित्त ६५.६८, अन्य ७५.६३, लघुवित्त १४५.७६, निर्जीवन बीमा १८५, उत्पादन ३७.०८ सामूहिक लगानी कोष ०.०३ र लगानी २.२६ अङ्कले बढेका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड ७७ लाख ३९ हजार ४९० मूल्य बराबरको कारोबार भएको छ । यस्तै नशनल हाइइ«ोपावर कम्पनी रु १८ करोड ५३ लाख ९१ हजार ८४६, नेपाल दूरसञ्चार कम्पनी रु १८ करोड २१ लाख ६४ हजार ९३७, अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट रु १३ करोड ५३ लाख ३९ हजार ६३७ र जीवन विकास लघुवित्त वित्तीय संस्था रु १३ करोड २८ लाख ७५ हजार ६३१ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे ।
नेप्सेका अनुसार आजको बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै तेह्रथुम पावर कम्पनी ८.७० प्रतिशत, हिमालय ऊर्जा विकास कम्पनी ७.७५, कालिका पावर कम्पनी ७.६५ र छ््याङ्दी हाइड्रोपावरको शेयरमूल्य ७.६१ प्रतिशतले बढेको छ । त्यस्तै आज अधिकासं सामूहिक लगानी कोषका मूल्य घटेका छन् । एनआइसी एसिया व्यालेन्स फण्डको मूल्य ३.१४ प्रतिशतले घटेको बजारमा, एनआइसी एसिया ग्रोथ फण्डको १.८६, सिटिजन्स म्युचल फण्ड–१को, १.५३, एनआइवीएल समृद्धि फण्ड–२ को १.४० र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको १.२६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com