ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोपको २४ लाख मात्रा हराएको छैन – स्वास्थ्यमन्त्री खतिवडा


एबीसी / संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताउनुभएको छ । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गर्नुभयो ।

“खोपको २४ लाख मात्रा हराएको होइन, हामीले खोप लगाउनका लागि प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौँ”, मन्त्री खतिवडाले भन्नुभयो, “टोलटोलमा गएर लगाएको तथ्याङ्क नआएको मात्र हो ।” उहाँले खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्याङ्क नमिलेको बताउनुभयो ।

“एउटा डब्बामा रहेको खोपको १० मध्ये आठ मात्रा लगाइयो र बाँकी दुई मात्रा खोप त्यही दिन लगाइन भने त्यो खेर जान्छ” उहाँले भन्नुभयो, “त्यसकरी पनि खोपको मात्रा खेर गइरहेको छ ।” हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपका बारेमा जानकारी दिने मन्त्री खतिवडाको भनाइ थियो ।

मन्त्री खतिवडाले आगामी वैशाख मसान्तसम्म लक्षित जनसङ्ख्या सबैलाई कोभिड –१९ विरुद्धको खोपको पूर्ण मात्रा प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यसका लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको बताउनुभयो । उहाँले १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइने जानकारी दिनुभयो । सरकारले माघ २७ गतेसम्म १२ वर्षभन्दा माथिको लक्षित जनसङ्ख्याको ७७५ लाई पहिलो मात्रा र ६९५ लाई खोपको पूर्ण मात्रा प्रदान गरेको छ ।

यस्तै मन्त्री खतिवडाले ५–११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताउनुभयो । हालसम्म चार करोड ६५ लाख ७० हजार ७२० खोपको मात्रा प्राप्त भइसकेमा तीन करोड ४८ लाख २५ हजार ६०१ मात्रा लगाइएको छ । मन्त्रालयले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

“ठूला अस्पतालमा र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक स्थानमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भइरहेको छ,” उहाँले भन्नुभयो, “दैनिक आवतजावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडाँै उपत्यकाका मुख्य प्रवेश नाकामा यात्रुलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको छ ।”

मन्त्री खतिवडाले आफ्नो सय दिनको कार्यकालको उपलब्धमा कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क घटाएको उल्लेख गर्नुभएको छ । निजी अस्पताल÷प्रयोगशालामा रु दुई हजारबाट रु एक हजार ५०० र सरकारी स्वास्थ्य संस्थामा रु एक हजारबाट रु आठ सय कायम गरिएको जानकारी दिनुभयो ।

यस्तै कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, सघन उपचार कक्ष ९आइसियु० शय्या, हाई डिपेडेन्सी युनिट ९एचडियु० शय्याको सङ्ख्या वृद्धि गरी अस्पतालको क्षमता वृद्धि गरिएको मन्त्री शर्माले बताउनुभयो । यस्तै कोभिड–१९ युनिफाइड अस्पताल ९वीर अस्पताल० मा २४ सै घण्टा कोरोना भाइरसको उपचारका लागि हटलाइन ९११३३० सेवा मार्फत परामर्श सेवा प्रदान गर्न सुरु गरिएको छ । भारतसँग सिमाना जोडिएका प्रवेश विन्दुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुमध्ये ९०५ को स्क्रिनिङ् भएको र तिमध्ये ८७ ५ भन्दा बढीको कोभिड–१९ को परीक्षण भइरहेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

रेविज विरुद्धको खोप ‘इम्युनोगÞलोबुलिन’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र वितरण गरिँदै आएकामा हाल सातै प्रदेशका एक÷एक अस्पतालबाट निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिक अस्पताल अर्को आर्थिक वर्षमा

मन्त्री खतिवडाले ज्येष्ठ नागरिकलाई मात्र उपचार गर्न भनेर ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले अस्पताल स्थापनाका लागि समिति गठन गरेर सम्भाव्यता अध्ययन कार्य भइरहेको र अर्को वर्ष बजेट विनियोजन गरेर कार्य प्रारम्भ गर्ने जानकारी दिनुभयो । मुलुकको मध्यभागमा ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्ने सरकारको तयारी छ ।

यस्तै दुई हजार २०० वडामा वडा तहको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको उहाँको भनाइ छ । दुई सय २६ पालिकामा पाँच, दश, १५ शय्याका आधारभूत अस्पतालको बोलपत्र प्रक्रिया भई कार्य प्रारम्भ भएको उहाँले बताउनुभयो । जर्मन विकास बैंकको सहयोगमा दोलखाको जिरी, रामेछाप र गोर्खामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएर हस्तान्तरणसमेत भइसकेको उहाँले जानकारी दिनुभयो ।

खतिवडा गत असोज २२ गते स्वास्थ्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ २०७४ सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com