ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरका अधिकांश वधशाला मापदण्डविपरित


एबीसी / संवाददाता

भक्तपुर, १९ माघ । भक्तपुरका अधिकांश पशु वधशाला उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको छ ।
भक्तपुर नगरपालिकाले आज यहाँ गरेको पशु वधशालाहरुको अनुगमनका क्रममा यहाँका अधिकाँश पशु वधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो । नगरपालिकाका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज हनुमानघाट, महेश्वरी स्थानलगायतका वधस्थलहरुको अनुगमन गरिएको थियो ।

वधशाला फोहर हुँदा यहाँबाट बजार जाने मासु पनि स्वस्थ्यकर नहुने र यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने उहाँले बताउनुभयो । वधशालालाई अझ बढी व्यवस्थित गरी तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने संयोजक गोराको भनाइ छ । अधिकांश वधशालामा भुइँ र भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्बल वा टायल नराखेको, फोहोर पानी निकासको व्यवस्थापन नभएको, पानी शुद्धिकरण नगरेको, पशुपक्षी वधयोग्य भए/नभएको परीक्षण नगरेको र राँगा वध गरेपछि आएका फोहोरलाई उचित व्यवस्थापन नगरिएको पाइएको उहाँले बताउनुभयो ।

महेश्वरी सप्लार्यस, जय महेश्वरी माँ फ्रेस मिट, न्यू महेश्वरी हाइजेनिक मिट शप, वधस्थल सरसफाइमा ध्यान नदिएको, किमा बनाउने मेसिन र टेबुल सफा नराखेको, एप्रोन सेतो र सफा नगरेको, फोहोरहरु व्यवस्थित नगरेकाले मापदण्डभित्र रहेर सञ्चालन गर्न निर्देशन दिएको छ । कतिपय पसलले पसल नवीकरण गर्न र तराजु पनि नापतौल विभागमा नवीकरण नगरेको पाइएकाले त्यस्तालाई तीन दिनभित्र नवीकरण गर्न निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।वधस्थलको फोहोर पर्खाल बनाएर छुट्याउनु पर्ने, वधस्थल सफा गर्नुपर्ने, एप्रोन सेतो र सफा प्रयोग गर्नुपर्ने, मूल्य सूची व्यवस्थित गर्नुपर्ने, मासु राख्ने टेबल ग्लासले छोपेर बारेको, धुलो र झिँगा नभन्किने गरी मासु सुरक्षित राख्नुपर्ने, राँगो काट्ने वा मार हान्ने जीवित राँगोले नदेख्ने गरी व्यवस्थापन गर्नुपर्ने र मासु व्यवस्थापन गर्ने भुइँमा पानी नजम्ने र सफा गर्न मिल्ने गरी व्यवस्थित गर्नुपर्ने गरी सुधार गर्न सबै वधशाखालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com