ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट


एबीसी / संवाददाता
माघ १६, २०७८ आईतबार  ५ : ०२ बजे

काठमाडौँ, १६ माघ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ ।

सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०५।५५ अंकले वृद्धि भई दुई हजार ८८५।५३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १९।८१ अंकले बढेर ५३८।५३ मा पुगेको छ । नेप्सेमा उच्चा अंकको वृद्धि भए पनि कारोबार रकम खासै वृद्धि भएको छैन । कूल २३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर रु ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ हजार मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४६।९९, व्यापार १४६।३३, होटल तथा पर्यटन १४१।४८, विकास बैंक ३१८।२२, जलविद्युत् १८२।९, वित्त १५२, निर्जीवन बीमा ४३१।६१, उत्पादन १९७।७५, अन्य ८३।६९, लघुवित्त १७३।४६, जीवन बीमा ५४८।०६, सामूहिक लगानी कोष ०।२८ र लगानी ५।६९ अंकले उकालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख ५३ हजार ६०० बराबर पुगेको छ । कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड १५ लाख ६१ हजार १३४ बराबरको कारोबार भयो । यस्तै, दूरसञ्चार कम्पनी रु २३ करोड ६२ लाख नौ हजार ३०८, एचआइडिसिएल रु २३ करोड तीन लाख ९८ हजार ३७६, अरुण भ्याली हाइड्रोपावर रु २१ करोड ९६ लाख ३६ हजार ५०१ र माथिल्लो तामाकोशी रु १४ करोड ११ लाख ७० हजार ३४१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो । त्यसमा बिन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिव श्री हाइड्रोपावर, नेपाल पूर्वाधार बैंक, बुद्ध भूमि नेपाल हाइड्रोपावर रहेका छन् ।

यस्तै अरुण भ्याली हाइड्रोपावर ९।०२, हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ८।८५ प्रतिशतले कमाए । त्यस्तै, मञ्जुश्री फाइनान्सको ऋणपत्र ३।२३, एनआइसी एशिया सेलेक्ट फण्ड २।२३, मेगा म्युचुअल फण्ड एक १।९३, सानिमा लार्ज क्याप फण्ड १।९० र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले १।३६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com