ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँ जलविद्युत् आयोजना : एक अर्ब ३० करोड मुआब्जा वितरण


एबीसी / संवाददाता

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ ।

आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको हो । क्याम्प र विद्युत्गृहको पहुँचमार्गका लागि १५० रोपनी क्षेत्रफल अधिग्रहण गरिएको छ । त्यसका लागि रु ४० करोड मुआब्जा वितरण गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँधस्थलको पहुँचमार्गका लागि ५० रोपनी जग्गा अधिग्रहण गरिएको छ । त्यसका लागि रु आठ करोड मुआब्जा वितरण भएको छ । जलाशय क्षेत्रका लागि एक हजार २३० रोपनी जग्गा अधिग्रहण गरिएको छ । त्यसका लागि रु ८२ करोड मुआब्जा वितरण गरिएको छ । बाँधस्थलको पहुँचमार्गमा ९० र जलाशय क्षेत्रमा ९७ प्रतिशत मुआब्जा वितरण भइसकेको उहाँले बताउनुभयो ।

आयोजनाले रु ३८ करोडमा क्याम्प, रु १२ करोडमा विद्युत् सवस्टेशन, रु आठ करोडमा पहुँचमार्ग र रु दश करोडमा सेती नदीमा पक्की पुल निर्माण सम्पन्न गरिसकेको छ । आयोजनाले हालसम्म २५ प्रतिशत भौतिक प्रगति गरेको छ । आयोजनाको सबैभन्दा ढिलाइ भएको प्याकेज १ अन्तर्गतको कामका लागि गत अगष्ट ३१ बाट निर्माण कम्पनी परिचालन भइसकेको छ । प्याकेज १ अन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका काम हुनेछ । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

आयोजनाको प्याकेज १ ९हेडवक्र्स० निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एशियाली विकास बैंकको खरिद निर्देशिकाअनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । उक्त प्याकेज अन्तर्गत पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्कलगायतका काम भइरहेको छ । सिनो हाइड्रोले पाँच वटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । बाँधबाट पानी ल्याउने एक हजार ४०० मिटरको सुरुङ खन्ने काम जारी छ ।

प्याकेज ३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामले पनि तीव्रता पाएको छ । उक्त प्याकेज अन्तर्गत प्रशारण लाइन निर्माणका लागि आठ वटा टावर निर्माण सम्पन्न भएको छ । कूल ९४ मध्ये २७ फाण्डेशनको काम सकिएको छ, भने छ वटा फाउण्डेशनको काम चलिरहेको छ । २० टावरका लागि आवश्यक सामग्री आउने क्रममा रहेको बताइएको छ ।

आयोजनाको बाँधस्थलको जलाधार क्षेत्र १५०२ वर्ग किलोमिटर रहेको छ । उक्त नदीको अनुमानित औषध बहाव १०७।७ घनमिटर रहेको र सेती नदीको अनुमानित वार्षिक थेग्यान दर ३७६६ घनमिटर प्रति वर्ग किमि रहेको छ । आयोजनामा थेग्यान बगाउने प्रविधि अपनाइएकाले जलाशयको सञ्चालन आयु करिब एक सय ३७ वर्ष हुने अनुमान छ । १४० मिटर बाँधको उचाइ रहने आयोजनाको भूमिगत विद्युत्गृहको लम्बाई ८९ मिटर, चौडाई २२ मिटर र उचाई ४४ मिटर रहनेछ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाईका०ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com