काठमाडौं । उपत्यकाका सहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।
पानी परेसंगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी, शिवपुरी, लाकुरीभञ्ज्याङ लगायतका डा“डामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा गएरातिदेखि हिमपात भएको छ । बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
सडक क्षेत्रको हिउ“ पन्छाउन डोजर लगाइएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा पनि हिमपात भएको छ । यस्तै त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउ“ पर्नाले हेटौंडा–काठमाण्डौ जोड्ने सडक अवरुद्ध भएको छ । वर्षासंगै हिमपात भएपछि किसान खुसी भएका छन् । यस वर्ष समयमै हिउ“ परेकाले गहु“लगायतका हिउ“देबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुदा देशभर सामान्यदेखि पूर्ण बदलीरहि अधिकांश स्थानहरुमा वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा सिमरामा सबैभन्दा धैरै वर्षा भएको छ । सिमरामा १३ मिलिमिटर पानी परेको छ । भैरहवामा १२ दशमलव ६ र डडेल्धुरामा १२ दशमलव २ मिलिलिटर वर्षा भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १० दशमलव ७ मिलिलिटर वर्षा भएको छ । जुम्लाको तापक्रम माइनस ६ डिग्री रहेको छ । देशभरको मौसम बिहीबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु पनि प्रभावित भएका छन् । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातिदेखि नै पानी परिरहेकाले उडान प्रभावित भएको हो । एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् । डोल्पा, लुक्ला, सिमिकोट, सिमरा, धनगडी लगायतका स्थानका सबै उडान रद्ध भएका छन् । पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ । सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्